Logo

अनलाइनबाट के-के अर्डर गर्छन ग्राहक ? एकै ग्राहकको १० हजार कण्डमदेखि ६५ हजार लाइटरसम्मको अर्डर

अनलाइनबाट के-के अर्डर गर्छन ग्राहक ? एकै ग्राहकको १० हजार कण्डमदेखि ६५ हजार लाइटरसम्मको अर्डर



काठमाडौं । भोलिदेखि नयाँ वर्ष २०२४ सुरु हुँदैछ । सन २०२३ अनलाइन बिजनेसका लागि निकै उर्वर वर्ष रह्यो । यसैबीच अनलाइन प्लेटफर्मबाट सन् २०२३ मा के–के अर्डर गरे ग्राहकले भन्नेबारे एक रोचक खुलासा बाहिररिएको छ ।

भारतीय द्रूत डेलिभरी प्लेटफम ब्लिन्किटका संस्थापक अलबिन्दर ढिन्डसाले सन् २०२३ को केही रोचक बिक्रि प्रवृत्तिहरू खुलाएका छन् । उनका अनुसार कण्डम र पार्टी स्मार्ट ट्याब्लेटको बिक्रीमा ठूलो उछाल आएको छ । यसले क्रेताको बानीमा सामाजिक परिवर्तनलाई संकेत गर्दछ । उनले यसबारे तथ्यांक सेयर गरेका छन् । ती तथ्यांकका अनुसार दक्षिण दिल्लीका एक उपभोक्ताले २०२३ मा जोमाटोको स्वामित्वमा रहेको द्रुत डेलिभरी प्लेटफर्म ब्लिन्किटबाट ९,९४० कन्डम अर्डर गरेका थिए ।

सफ्ट ड्रिंकभन्दा बढी टनिक वाटर अर्डर

‘ब्लिन्किट ट्रेन्ड्स २०२३’ का अनुसार गुरुग्राममा एक ग्राहकले २०२३ मा ६५,९७३ लाइटर अर्डर गरेका थिए । यस्तै यस वर्ष सफ्ट ड्रिंकभन्दा बढी टनिक वाटर (कार्बोनेटेड पेय) अर्डर भएको थियो । कम्पनीका अनुसार यो वर्ष करिब ३०,०२,०८० पार्टी स्मार्ट ट्याब्लेट (रक्सी पिएपछि बिहानको ह्याङओभरबाट बच्न) अर्डर ब्लिन्किटले डेलिभरी गरेको थियो । बेंगलुरुका एक ग्राहकले २ लाख ५५ हजार रुपैयाँको आइफोन १५ प्रो म्याक्स, एक प्याकेट लेज र छ वटा केरा अर्डर गरेका थिए ।

मध्यरातपछि म्यागी अर्डर

मध्यरातपछि करिब ३ करोड २० लाख ४ हजार ७२५ म्यागीका प्याकेट डेलिभरी गरेको ब्लिन्किटले जनाएको छ । एक उपभोक्ताले एक अर्डरमा १०१ लिटर मिनरल वाटर खरिद गरेका थिए । यस वर्ष झण्डै ८० हजार २६७ गंगाजलका बोतल ब्लिङ्किटबाट डेलिभरी गरिएको थियो । २०२३ मा अनलाइनबाटै एक ग्राहकले ४८३२ वटा नुहाउने साबुन किनेका थिए ।

सन २०२३ मा लगभग ३ लाख ५१ हजार ३३ प्रिन्टआउटहरू बिहान ८ बजेअघि डेलिभरी गरिएको थियो र १ करोड २२ लाख ३८ हजार ७ सय४० आइसक्रिम र ८ लाख ५० हजार ११ आइस क्यूब प्याकेटहरू सहित ४५ लाख १६ हजार ४ सय ९० इनो पाउचहरू अर्डर गरिएको थियो । हैदरावादबाट कसैले १७ हजार ९ किलो चामलको अर्डर गरेको थियो । ‘कसैले एक महिनामा ३८ वटा अन्डरवियर अर्डर गर्यो भन अर्का ग्राहकले ९७२ मोबाइल चार्जर अर्डर गरे’, ब्लिन्किटले भनेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL