Logo

एकसय अर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो महिला बनिन ‘बेटेनकोट मायज’, यस्तो छ उनको जीवन

एकसय अर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो महिला बनिन ‘बेटेनकोट मायज’, यस्तो छ उनको जीवन



विश्वकै धनी महिला फ्रान्कोइस बेटेनकोट मायजको कुल सम्पत्ति १०० अर्ब डलर पुगेको छ । फ्रान्सकी मायज यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो महिला हुन् । उनी मुकेश अम्बानीभन्दा एक स्थान माथि विश्वका धनी व्यक्तिको सूचीमा १२ औं स्थानमा छिन् । मायाज विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी ‘लोरियल’ बोर्ड अफ डाइरेक्टरको उपाध्यक्ष हुन् ।

काठमाडौं । विश्वकै धनी महिला फ्रान्सकी फ्रान्कोइस बेटेनकोट मायजले अर्को उपलब्धि हासिल गरेकी छन् । उनको कुल सम्पत्ति १०० अर्ब डलर पुगेको छ । मायाज यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो महिला हुन् । उनी मुकेश अम्बानीभन्दा एक स्थान माथि विश्वका धनी व्यक्तिको सूचीमा १२ औं स्थानमा छन् ।

मायाज विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी ‘लोरियल’ को होल्डिङ कम्पनी टेथिसकी अध्यक्ष र ‘टेथिस’ समूहको बोर्ड अफ डाइरेक्टरको उपाध्यक्ष हुन् । गत वष ‘लोरियल’ को बिक्री ४२ बिलियन डलर थियो । यो वर्ष, ‘लोरियल’ को शेयर ३२ प्रतिशत को वृद्धिसंग कीर्तिमानी उचाइमा पुगेको छ ।

लोरियलमा हिस्सेदारी

मायेज र उनको परिवारको लोरियलमा ३४ प्रतिशतभन्दा बढी हिस्सेदारी छ । विश्वकै धनी महिला हुनुका साथै मायज समाजसेवी र लेखिका पनि हुन् । उनले संसारको सबैभन्दा प्रसिद्ध र सबैभन्दा ठूलो कस्मेटिक्स ब्रान्ड लोरियल विरासतमा प्राप्त गरकी हुन् । लोरियलले लोरियल, लेनकम, गार्नियरजस्ता धेरै प्रख्यात ब्रान्डहरूको स्वामित्व राख्छ । गत वर्ष अर्थात २०२२ मा कम्पनीको राजस्व ४१.९ बिलियन डलर थियो ।

उनको कुल सम्पत्ति कति छ ?

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ७० वर्षीय मायजको कुल सम्पत्ति १०० अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा १२ औं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति २८.६ बिलियन डलरले बढेको छ । मायज धेरै पटक विश्वका धनी व्यक्तिको शीर्ष १० मा परेकी छिन् तर पहिलो पटक उनको कुल सम्पत्ति १०० अर्ब डलर पुगेको छ ।

मायजले यो सम्पत्ति आफ्नी आमा लिलियान बेटेनकोर्टबाट पाएकी थिइन् । लिलियान बेटेनकोर्टको बुबाले लोरियल ब्रान्ड सुरु गरे । मायज सन् १९९७ देखि लोरियलको बोर्डमा छिन् । सेप्टेम्बर २०१७ मा आमाको मृत्युपछि, उनी अरबपतिहरूको सूचीमा प्रवेश गरिन । आज उनी विश्वकै धनी महिला हुन् । यसअघि, यो उपाधि धेरै वर्षसम्म उनकी आमाको हातमा थियो ।

फ्रान्समा दोस्रो धनी

मायज फ्रान्सको दोस्रो धनी व्यक्ति हुन् । बर्नार्ड अर्नाल्ट फ्रान्सका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका छन् । उनी विश्व विलासिताका सामान उत्पादन गर्ने कम्पनी एलभीएचएमका अध्यक्ष हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १७९ बिलियन डलर छ र उनी विश्वको दोस्रो धनी व्यक्ति हुन् । यो वर्ष उनको कुल सम्पत्ति १६.९ बिलियन डलरले बढेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL