Logo

एभिएसन इण्ड्रष्टिजमा सप्लाई चेनको समस्या, एक चौथाइ विमान ग्राउण्डेड हुने

एभिएसन इण्ड्रष्टिजमा सप्लाई चेनको समस्या, एक चौथाइ विमान ग्राउण्डेड हुने



काठमाडौं । पछिल्लो समय उड्डयन उद्योग (एभिएसन इण्ड्रष्टि) मा आपूर्ति शृङ्खला (सप्लाई चेन)मा समस्या बढ्दा कठिनाइहरू अझ बढ्न सक्ने आँकलन गरिएको छ । कोरोना महामारीपछि गति लिन थालेको उड्डयन उद्योगमा निर्माता कम्पनीहरुले आवश्यक सामग्री सप्लाई गर्न नसकिरहेको अवस्था छ ।

क्यापा इन्डियाले सोमबार जारी गरेको प्रतिवेदनमा आपूर्ति शृङ्खलामा समस्याका कारण भारतका एक चौथाइ विमान आगामी मार्चको अन्त्यसम्ममा ग्राउन्ड हुन सक्नेछन् । यसको मतलब तिनीहरू उड्न सक्ने स्थितिमा हुनेछैनन् । यसअनुसार हाल ७ सय ८९ मध्ये १६० विमान उड्न नसक्ने भए पनि मार्चको अन्त्यसम्ममा यो संख्या दुई सय पुग्न सक्छ । क्यापा इण्डियाले यसको कारण भनेको सुधार हुनुको सट्टा आपूर्ति शृङ्खला समस्याहरू निरन्तर बिग्रँदै जानु रहेको उल्लेख गरेको छ । सीएपीए प्रतिवेदनका अनुसार यही समस्याका कारण पछिल्लो समय राकेश झुनझुनवालाले लगानी गरेको आकाशा एयरलाइन्सको विमानको डेलिभरीमा पनि ढिलाइ हुन सक्छ ।

रिपोर्टका अनुसार भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोका ९० भन्दा बढी विमान ग्राउन्ड हुन सक्नेछन् । त्यसैगरी टाटा समूहले लगानी गरेको एयर इन्डिया र स्पाइसजेटसँग पनि २५ देखि ३० जहाज उडान भर्न सक्ने छैनन् । गो फस्टका ५४ विमान पहिले नै ग्राउन्ड भइसकेका छन् ।

कम्पनीले मे महिनादेखि उडान स्थगित गरेको छ । साथै ५५ वटा इन्डिगो विमान पनि उडिरहेका छैनन् । यस महिना, इन्डिगोले भनेको थियो कि यसको ३५ वटा विमान चौथो क्वाटरमा ग्राउन्डेड हुन सक्छ । यसको कारण प्रैट एण्ड विटनीको इञ्जिनमा पाउडर मेटल डिफेक्ट रहेको बताइएको छ । यस्तो समस्यासँग विश्वका अन्य राष्ट्रका एयरलाइन्स कम्पनीहरु पनि जुधिरहेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL