Logo

यहाँ छ पृथ्वीमा सबैभन्दा धेरै सुन, उत्खनन गर्नसके विश्वको गरिबी एकै झट्कामा हटने

यहाँ छ पृथ्वीमा सबैभन्दा धेरै सुन, उत्खनन गर्नसके विश्वको गरिबी एकै झट्कामा हटने



काठमाडौं । सुन एक विशेष धातु हो । नेपाल, भारतलगायत कतिपय देशमा मानिसहरू सुनलाई जीवनको हिस्सा मान्छन् । विवाहदेखि लिएर अन्य सबै प्रकारका कार्यक्रम पनि गरगहनाविना अधुरो देखिन्छन् । तर, सुन कहिल्यै सस्तो भएको छैन । समय अनुसार यसको मूल्य बढ्दै गएको छ । विश्वमा रहेको सुन एक सीमाभित्र रहेकाले मूल्य बढेको हो ।

सुन जताततै र जतिसुकै भयोे भने फलामको मूल्यमा पनि बिक्न थाल्छ । तर, अहिले यो महत्वपूर्ण धातु भएकाले विज्ञान पृथ्वीको हरेक कुनाबाट सुनको खोजीमा व्यस्त छ । हालसम्म निकालिएको भन्दा १०० गुणा बढी सुन पृथ्वीमा रहेको वैज्ञानिकहरुले बताएका छन् । तर हाल त्यो परिमाणको सुनलाई उत्खनन गर्न कुनै प्रविधि नभएको पनि बैज्ञानिकहरुले पुष्टि गरेका छन् । किनकि त्यो सुन समुन्द्रको पानीमा छ र वैज्ञानिकहरुले यसलाई निकाल्ने प्रविधि खोजिरहेका छन् । यदि सफलता मिल्यो भने सारा संसार एक झटकामा १० गुणा धनी बन्नेछ ।

गिनिज वल्र्ड रेकर्ड्सको वेवसाइटका अनुसार पृथ्वीमा प्राकृतिक रुपमा सबैभन्दा बढी सुनको मात्रा समुद्रमा रहेको छ । यो अहिलेसम्म उत्खनन भएको सुनभन्दा करिब १०० गुणा बढी हो । अनुमान अनुसार करिब २ करोड टन अर्थात २ करोड टन प्राकृतिक सुन समुन्द्रको पानीमा मिसिएको छ । यदि यसको मूल्य गणना गरिन्छ भने, यो वर्ष २०१७ मा अनुमानित विश्वको कुल कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग १० गुणा बढी हो । अर्थात् यो सुनलाई पानीबाट निकालियो भने सारा संसारको गरिबी एकै झट्कामा हटाउन सकिन्छ ।

समस्या के हो ?

वैज्ञानिकहरूले समुद्रको पानीमा सबैभन्दा बढी सुन रहेको पत्ता लगाएका छन्, तर त्यसलाई निकाल्न गर्न गाह्रो छ । वास्तवमा, एक लिटर समुद्रको पानीमा सुनको मात्रा धेरै कम हुन्छ । यो एक ग्राम सुनको १३ अर्बौ भाग हो, जुन एक समुद्रबाट अर्कोमा फरक हुन सक्छ, तर औसत लगभग समान छ । अहिले समुद्रको पानीबाट यो सुन निकाल्न सक्ने कुनै प्रविधि छैन ।

अहिलेसम्म कति सुन निकालिएको छ ?

विश्वभरबाट हालसम्म निकालिएको कुल सुनको कुरा गर्ने हो भने २.४४ लाख टन निकालएको छ । विश्व गोल्ड काउन्सिलको तथ्यांकले विश्वमा अहिलेसम्म उत्खनन भएको अधिकांश सुन विगत ५० वर्षमा मात्रै निकालिएको देखाएको छ । अहिले पनि करिब ५७ हजार मेट्रिक टन सुनको भण्डार पृथ्वीमुनि छ । हालसम्म निकालिएको कुल सुन २३ मिटर चौडा र २३ मिटर लामो क्युबमा राख्न सकिन्छ ।

कुन देशले सबैभन्दा बढी सुन उत्खनन गरेको छ ?

वल्र्ड गोल्ड काउन्सिलले सन् २०१६ मा सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म चीन, अष्ट्रेलिया र दक्षिण अफ्रिकाले विश्वमा सबैभन्दा बढी सुन उत्खनन गरेका छन् । विश्वमा सबैभन्दा बढी सुनको भण्डार भएको अमेरिका यस मामिलामा चौथो स्थानमा छ । कुल सुनको ७ प्रतिशत उद्योगमा जान्छ, जहाँ यसको प्रयोग इलेक्ट्रोनिक्स, औषधि, सञ्चार उपकरण, विमानको इन्जिन, अन्तरिक्ष यानजस्ता वस्तुहरूमा हुन्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL