Logo

महिनैपिच्छै बढ्दै रेमिट्यान्स भित्रने क्रम, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

महिनैपिच्छै बढ्दै रेमिट्यान्स भित्रने क्रम, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो



काठमाडौं । पछिल्लो समय नेपालमा रेमिट्यान्स आप्रवाह लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्ला प्रत्येक महिना रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो । सोही अनुसार चालु आवको पहिलो ३ महिनामा पनि गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले उकालो लागेको छ ।

यो अवधिमा नेपालमा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तुलनामा ३० प्रतिशतले बढी हो । गत बर्ष भने रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । चालु आवको पहिलो ३ महिनामा गत आवको तुलनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ लाख ३ हजार ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २ सय ९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९ सय ३२ र ५७ हजार ८ सय ६१ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्