Logo

जागिर नपाएपछि कम्पनी शुरु गरेकी पुनम, रद्दी कागजको व्यापारबाट खडा गरिन १२ अर्ब बढीको साम्राज्य

जागिर नपाएपछि कम्पनी शुरु गरेकी पुनम, रद्दी कागजको व्यापारबाट खडा गरिन १२ अर्ब बढीको साम्राज्य



काठमाडौं । सफलता प्राप्त गर्न कडा मेहनत आवश्यक छ । कडा परिश्रम गर्नेले अवश्य सफलता पाउँछन् । दिल्लीकी पूनम गुप्ता यसको एक उदाहरण हुन । कुनै समय पूनम जागिर खोज्दै थिइन् । जागिर नपाएपछि उनले व्यवसाय सुरु गर्ने योजना बनाइन । धेरै अनुसन्धान गर्न थालिन् ।

यस अवधिमा उनले रद्दी कागज अर्थात पेपर रिसाइकल गर्ने काम शुरु गर्ने निर्णय गरिन । शुरुवातमा १ लाख रुपैयाँबाट सुरु भएको यो व्यवसाय निकै सफल भएको छ । आज उनले १२ अर्ब बढीे पुँजीको कम्पनी खडा गरेकी छन् । पूनमको यो सफलता कसरी प्राप्त भयो भन्नेबारे यहाँ चर्चा गरिएको छ ।

दिल्लीकी पूनम गुप्ता विवाहपछि बेलायत गइन् । श्रीमान् त्यहीँ बस्थे । युके गएपछि पूनम जागिरको खोजीमा थिइन् । समस्या यो थियो कि पूनमलाई बेलायतमा काम गर्ने अनुभव थिएन । जसका कारण उनले त्यहाँ काम पाइनन् । पुनम गुप्ताले स्कटल्याण्ड सरकारको योजनाबाट १ लाख रुपैयाँको कोष भने प्राप्त गरिन र आफ्नो व्यवसाय सुरु गरिन् ।

पूनम गुप्ता मूलतः दिल्लीकी हुन् । अहिले उनी आफ्नो परिवारसँग स्कटल्याण्डमा बस्छिन् । पूनमले दिल्लीको लेडी श्रीराम कलेजबाट अर्थशास्त्रमा ऑनर्स गरेकी छन् । यसपछि उनले एमबीए गरिन । सन् २००२ मा पुनीत गुप्तासँग उनको विवाह भएको थियो । यसपछि पूनम पनि श्रीमानसँगै स्कटल्यान्ड गइन् ।

पूनमका अनुसार उनले सन् २००३ मा आफ्नो कम्पनी सुरु गरेकी थिइन् । आज झण्डै २० वर्ष भइसक्यो । धेरै महिनाको अनुसन्धानपछि रद्दी पेपर रिसाइकल गर्ने विचार आएको उनी बताउाछिन् । गुप्ताको कम्पनीको नाम पीजी पेपर कम्पनी लिमिटेड हो । कम्पनीले पहलिे युरोप र अमेरिकाका कम्पनीबाट रद्दी पेपर खरिद गर्दै आएको थियो । अहिले यसले विश्वका धेरै देशबाट रद्दी कागज आयात गर्छ र गुणस्तरीय कागज तयार पारेर विश्वका विभिन्न देशमा निर्यात गर्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL