Logo

तीन महिनामा कच्चा तेलको मूल्य २५% बढ्यो, पेट्रोल-डिजेलको मूल्य बढन सक्ने

तीन महिनामा कच्चा तेलको मूल्य २५% बढ्यो, पेट्रोल-डिजेलको मूल्य बढन सक्ने



काठमाडौं । गत हप्ता रुस र साउदी अरेबियाले कच्चा तेलको उत्पादन घटाउने महत्वपूर्ण निर्णय लिएका थिए । जसका कारण कच्चा तेलको मूल्य एकपटक फेरि बढेको छ । गत साताको अन्तिम कारोबार दिन पनि यो ०.७३ डलर वा ०.८१ प्रतिशतले बढेर प्रति ब्यारेल ९०.६५ डलरमा बन्द भयो ।

गत हप्ता रुस र साउदी अरबले कच्चा तेलको उत्पादन घटाउने महत्वपूर्ण निर्णय लिएसँगै कच्चा तेलको मूल्य एकपटक फेरि बढेको छ । गत जुनदेखि यसको मूल्य करिब २५ प्रतिशतले बढेको छ । जुनमा यसको मूल्य प्रति ब्यारेल ७२ डलर थियो, जुन अहिले ९० डलर नाघेको छ ।

यसअघि नोभेम्बर २०२२ मा कच्चा तेलको मूल्य यही स्तरमा थियो । यो साता शुक्रबार बजार बन्द हुँदा, ब्रेन्ट कच्चा तेल बढेर ९०.६५डलरमा बन्द भयो । वेस्ट टेक्सास इन्टरमिडिएट वा डब्ल्यूटीआई कच्चा तेल पनि प्रति ब्यारेल ०.७४ प्रतिशत वा ०.६४ प्रति ब्यारेल बढेर ८७.५१ डलरमा बन्द भएको थियो । कच्चा तेलको मूल्यमा भएको वृद्धिले विश्वव्यापी रुपमा पेट्रोल–डिजेलको मूल्य बढन सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL