Logo

साउनमै ८ प्रतिशतले घट्यो निर्यात व्यापार, व्यापारघाटा १ खर्ब १५ अर्ब

साउनमै ८ प्रतिशतले घट्यो निर्यात व्यापार, व्यापारघाटा १ खर्ब १५ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको साउन महिनामै गत आवको सोही अवधिको तुलनामा निर्यातको व्यापार ओरालो लागेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत आवको साउनको तुलनामा यो बर्षको साउनमा नेपालले गर्ने निर्यातको व्यापार ८.६५ प्रतिशतले गिरावट आएको हो ।

विभागका अुनसार गत आवको साउनमा नेपालले १४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा यो बर्षको साउनमा घटेर १३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको हो ।

यस्तै यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार भने १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ बराबरको भएको छ । यो पनि गत आवको साउनको तुलनामा २.२८ प्रतिशतले कम हो । जसमा ९०.५२ प्रतिशत हिस्सा आयात व्यापारको छ ।

अर्थात चालु आवको साउनमा मात्रै नेपालले १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यसरी नेपालले वस्तु आयात उच्च र निर्यात न्युन गर्दा चालु आवको पहिलो महिनामै १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।

यो व्यापारघाटा पनि गत आवको पहिलो साउनको तुलनामा ०.६६ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्