Logo

एक बर्षमा साढे १४ खर्बको व्यापारघाटा, निर्यात २१ प्रतिशतले घट्यो

एक बर्षमा साढे १४ खर्बको व्यापारघाटा, निर्यात २१ प्रतिशतले घट्यो



काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० भरीको वैदेशिक व्यापारमानेपालले साढे १४ खर्ब रूपैयाँ बढिको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको बार्षिक तथ्यांक अनुसार गत आर्थिक बर्षभरी नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको हो । अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा १५ प्रतिशतले कम हो । अघिल्लो आवमा नेपालले १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

यस्तै गत आर्थिक बर्षमा नेपालले गर्ने निर्यातको व्यापारमा अघिल्लो आवको तुलनामा २१.४४ अंकको गिरावट आएको छ । गत आर्थिक बर्षभरी नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको थियो । तर, अघिल्लो आवमा भने नेपालले २ खर्ब बढीको वस्तु निर्यात गरेको भन्सार विभागले जानकारी दिएको छ ।

गत आर्थिक बर्षभरी नेपालले विदेशबाट १६ खर्ब ११ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो आवको तुलनामा १६ प्रतिशतले बढी हो । अघिल्लो आवभरी नेपालले १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL