Logo

प्रभु महालक्ष्मी लाइफको एकिकृत कारोबार शुरु, २९ र ३१ गते सेवा बन्द हुने

प्रभु महालक्ष्मी लाइफको एकिकृत कारोबार शुरु, २९ र ३१ गते सेवा बन्द हुने



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गते शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेका छन् । मर्जर सम्बन्धी सम्पुर्ण काम सकाएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

कम्पनीको एकीकृत कारोबार पछि डाटा माइग्रेसनका लागि भन्दै असार २९, ३० र ३१ गते कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुनेछन् । दुबै कम्पनीले जेठ २६ गते साधारणसभा सम्पन्न गरेर मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुबै कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्जर सम्बन्धि सम्झौता भएको हो ।

मर्जर पश्चात प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि कम्पनीले १० करोड बराबरको प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

मर्जर प्रयोजनको लागि नेप्सेले साविक प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार समेत रोक्का गरेको छ । मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी इन्स्योरेन्सको अध्यक्षमा सुभास अमात्य र प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्