Logo

नेपाललाई एडीबीले दियो ३९ अर्ब ३० करोड ऋण, काकरभिट्टा–लौकही सडक ४ लेनमा विस्तार गरिँदै

नेपाललाई एडीबीले दियो ३९ अर्ब ३० करोड ऋण, काकरभिट्टा–लौकही सडक ४ लेनमा विस्तार गरिँदै



काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई ३ सय मिलियन डलर (३९ अर्ब ३० करोड रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ ।

एडीबीले अन्तरराष्ट्रिय व्यापारका लागि आवश्यक सडक पूर्वाधार सुधारका गर्न भन्दै उक्त ऋण स्वीकृत गरेको हो । खासगरी यो ऋण काकरभिट्टा लौकही सडक स्तरोन्नतिका लागि प्रयोग गरिनेछ । यसमार्फत भारत र बंगलादेशसँगको स्थलमार्गमार्फत हुने व्यापारमा सहजीकरण हुने विश्वास गरिएको छ ।

उक्त ऋण सहयोगले काकरभिट्टा लौकही सडकखण्डको करिव ९५ किलोमिटर खण्डलाई दुई लेनबाट ४ लेनमा विस्तार गरिनेछ । यसमा प्रयोग हुने पिच, पुललगायतका संरचनाहरु वातावरणमुखी र दिगो हुने बताईएको छ । यो खण्डमा सडक विस्तारसँगै ट्राफिक सिग्नल, सडक जंक्सन, फुटपाथलगायत पनि निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्