Logo

संसदमा विनियोजन विधेयक पेस, प्रतिफलमुखी आयोजनामा मात्रै बजेट प्राथमिकता

संसदमा विनियोजन विधेयक पेस, प्रतिफलमुखी आयोजनामा मात्रै बजेट प्राथमिकता



काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आईतबारदेखि सुरु भएको बर्षे अधिवेसनमा उनले आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । यससँगै आजको संसदको बैठक अन्त्य समेत भएको हो ।

प्रस्ताव पेस गर्ने क्रममा उनले पछिल्लो समय अर्थतन्त्रमा बढिरहेको चापका कारण यसपल्टको बजेट केहि कसिलो हुने संकेत गरेका छन् । केहि सुचकहरुमा पछिल्लो समय सुधार आएपनि सरकारको आम्दानी र खर्चमा देखिएको असन्तुलनले खर्चमो केहि कसिलोपना ल्याउनुपर्ने उनको भनाई थियो ।

यसै क्रममा उनले साधारण खर्चलाई कम गर्ने, पूँजीगत खर्चको प्रभावकारिता बढाउने, गौरवका आयोजनामा रकम अभाव हुन नदिनेलगायतका प्राथमिकताहरु उक्त विधेयकमार्फत पेस गरेका छन् । सामाजिक लाभ हुने, छिटो प्रतिफल दिने र तयारी पुरा भएका आयोजनाले मात्रै यसपल्टको बजेटमा प्राथमिकता पाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्