Logo

अर्थमन्त्रीसमक्ष गभर्नरको ब्रिफिङ : अर्थतन्त्र सहज हुँदैछ, आत्तिनुपर्ने अवस्था छैन

अर्थमन्त्रीसमक्ष गभर्नरको ब्रिफिङ : अर्थतन्त्र सहज हुँदैछ, आत्तिनुपर्ने अवस्था छैन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री समक्ष अर्थतन्त्र बारे ब्रिफिङ गर्न अर्थमन्त्रालयमा पुगेका छन् । पछिल्लो समय अर्थमन्त्रालयको जिम्मेवारी लिनेवित्तीकै आर्थिक क्षेत्रका हरेक सरोकारवालाहरुसँग छलफलमा जुटेका अर्थमन्त्री डा. प्रकाश शरण महतसमक्ष गभर्नर अधिकारीले हालको अवस्थाको बारेमा ब्रिफिङ गरेका हुन् ।

अर्थमन्त्री समक्ष उनले बढ्दै गएको वैदेशिक मुद्रा संचिति, आयातमा आएको संकुचनलगायतले अर्थतन्त्रले उकालो गति समातेको बताएका छन् । अर्थमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार घटिरहेको बैंक ब्याजदरले उद्यागी व्यवसायीमा आशा पलाएको समेत उनले बताएका थिए ।

यसअघि निजी क्षेत्रका छाता संगठन, धितोपत्र बोर्डका अध्यक्ष, सेयर लगातीकर्तालगायतसँग छलफल गरिसकेका अर्थमन्त्री महतले मंगलबार बिहान राष्ट्र बैंकका गभर्नर अधिकारीलाई भेट्न बोलाएका थिए । अर्थमन्त्री भेट्न मन्त्रालय पुगेको राष्ट्र बैंकको टोलीमा अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ, विदेशी विनियमय विभागका प्रमुख रामु पौडेल, नियमन विभागका निर्देशक डा. सत्यन्द्र तिमिल्सिनालगायत थिए ।

प्रतिक्रिया दिनुहोस्