काठमाडौं । छिमेकी भारतमा नयाँ आर्थिक वर्ष २०२३–२४ अप्रिल १ अर्थात आज बाट सुरु हुँदैछ । यससँगै आयकरसम्बन्धी धेरै नयाँ नियमहरू पनि लागू हुँदैछन् । सरकारले बजेट २०२४ मा आयकर स्ल्याब नयाँ कर प्रणालीअन्तर्गत परिवर्तन गरेको छ । जसमा आयकर स्ल्याबको संख्या ६ बाट घटाएर ५ बनाइएको छ । नयाँ कर प्रणालीको कर स्ल्याबमा गरिएका परिवर्तनहरू आजबाट लागु हुन लागेका हुन् ।
सरकारले तोकेका नयाँ कर स्ल्याबहरू नयाँ कर प्रणाली लागी रोज्नेलाई लागू हुनेछ । यी कर स्ल्याबहरू आर्थिक वर्ष २०२३–२४ को लागि अप्रिल १, २०२३ देखि लागू हुनेछन् । यी स्ल्याबहरू आर्थिक वर्ष २०२३–२४ (अप्रिल २०२३ देखि मार्च २०२४ सम्म) मा कमाएको सबै आम्दानीमा लागू हुनेछन् ।
७ लाखसम्मको आम्दानीमा कर नलाग्दैन
यदि आर्थिक वर्ष २०२३–२४ मा कसैको वार्षिक आम्दानी रु ७ लाख भारु ( ११ लाख २० हजार नेपाली रुपैयाँ ) छ र उसले नयाँ कर व्यवस्था छनोट गर्यो भने उसले कुनै पनि कर तिर्नु पर्दैन । किनभने, नयाँ कर व्यवस्थामा आयकर ऐनको दफा ८७ ए अन्तर्गत उपलब्ध कर छुटलाई १२ हजार ५ सय रुपैयाँबाट बढाएर २५ हजार पुर्याइएको छ । यस्तो अवस्थामा कुनै व्यक्तिको करयोग्य आम्दानी ७ लाखभन्दा बढी नभएमा नयाँ कर व्यवस्थामा कुनै पनि कर तिर्नु पर्दैन ।
आधारभूत छुट सीमा बढ्यो
नयाँ कर प्रणालीमा आयकरको स्ल्याब परिवर्तन भएसँगै आधारभूत आयकर छुटको सीमा पनि बढेको छ । ५० हजारबाट बढेर ३ लाख पुगेको छ । आधारभूत आयकर छुट सीमा आर्थिक वर्ष २०२२–२३ सम्म २.५ लाख रुपैयाँ थियो । तसर्थ, नयाँ कर प्रणाली अन्तर्गत वार्षिक तीन लाखसम्म आम्दानी भएकाले आयकर रिटर्न फाइल गर्नु पर्दैन ।