Logo

मूल्यवृद्धिको प्रभाव : खाद्य वस्तुको मूल्यवृद्धि ३ गुणाले बढ्यो

मूल्यवृद्धिको प्रभाव : खाद्य वस्तुको मूल्यवृद्धि ३ गुणाले बढ्यो



काठमाडौं । वस्तुको मूल्य उच्च हुनु, रसिया युक्रेन युद्ध र रासायनिक मलको अभावयुक्त बजारका कारण खाद्य वस्तुको मूल्य उच्च रुपमा बढेको छ । हालै विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वका केहि देशका खाद्यवस्तुको मूल्य २ देखि ३ गुणासम्मले बढेको छ ।

विश्व बैंकको खाद्य सुरक्षा अध्यावधिक प्रतिवेदनका अनुसार ९० प्रतिशतभन्दा धेरै न्युन आय भएका मुलुकको बार्षिक विन्दुगत मूल्यवृद्धिदर उच्च छ ।

जसमा जिम्बावेको मूल्यवृद्धिदर यो बर्ष २ सय ८५ प्रतिशत पुगेको छ । यो अन्य सबै देशको तुलनमा सबैभन्दा बढी हो । जवकी भेनेजुयलामा खाद्य वस्तुको बार्षिक विन्दुगत मूल्यवृद्धिदर १ सय ४३ प्रतिशतबाट बढेर १ सय ८५ प्रतितसम्म पुगेको छ । यस्तै लेबनानको मूल्यवृद्धि पनि सोही अनुसार बढेको देखिएको छ ।

खाद्य मूल्यवृद्धिले सबैभन्दा बढी प्रभाव पारेको अर्जेन्टीनाको मूल्यवृद्धिदर ९५ प्रतिशत पुगेको छ । अर्जेन्टीनाको मूल्यवृद्धिदर यो बर्ष ३५ प्रतिशतले बढेको हो ।

यी देशहरुमा मूल्यवृद्धि हुनुको प्रमुख कारणको रुपमा रुस युक्रेनको युद्धलाई प्रमुख कारण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्