Logo

७ महिनामा सवा ८ खर्बको व्यापारघाटा, ९ खर्ब १९ अर्बको वस्तु आयात हुँदा निर्यात ९३ अर्बमा सिमित

७ महिनामा सवा ८ खर्बको व्यापारघाटा, ९ खर्ब १९ अर्बको वस्तु आयात हुँदा निर्यात ९३ अर्बमा सिमित



काठमाडौं । चालू आर्थिक बर्षको ७ महिना (साउनदेखि माघ मसान्तसम्म)मा नेपालले सवा ८ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । बढ्दो वस्तु आयात र निर्यातको संकुचनका कारण नेपालले यस अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ७३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको पछिल्लो ७ महिनाको तथ्यांक अनुसार नेपालले यस अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

यहि तथ्यांकलाई गत आर्थिक बर्षको यहि अवधिसँग तुलना गर्दा भने आयात, निर्यात, व्यापारघाटालगायत समग्र वैदेशिक व्यापार नै घटेको देखिएको छ ।

विभागका अनुसार गत आवको पहिलो ७ महिनाको तुलनामा यो आवमो सोही अवधिमा नेपालले ब्यहोरेको व्यापारघाटा १८.७१ प्रतिशतले घटेको छ । गत आवको यहि अवधिमा नेपालले १० खर्ब १५ अर्व रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरिसकेको थियो । यस्तै यस अवधिमा आयातको व्यापार १९.९० प्रतिशतले घट्दा नेपालले गर्ने निर्यात व्यापार भने २९ प्रतिशतले घटेको छ ।

यसरी यो बर्ष गत आवको तुलनामा समग्र वैदेशिक व्यापारमा २० प्रतिशतको गिरावट आएको छ । गत आवको पहिलो ७ महिनामा १२ खर्ब ७९ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएकोमा यो बर्ष घटेर १० खर्ब १२ अर्ब रुपैयाँमा सिमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL