Logo

बजेटको मध्यावधि समीक्षा : २ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार

बजेटको मध्यावधि समीक्षा : २ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट झण्डै साढे २ खर्ब रुपैयाँले घटाएको छ । आईतबार प्रतिनिधिसभामा चालु आर्थिक बर्षको बजेटको अर्थबार्षिक समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट संशोधन गरिएको बताएका हुन् । उनका अनुसार चालु आर्थिक बर्ष १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको बताएका हुन् ।

जुन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको तुलनामा २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात १४ प्रतिशतले कम हो । यसअघि चालु आवका लागि भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ७ खर्ब ९३ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

यस्तै अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा र पूँजीगत खर्चको लक्ष्य ३ खर्ब ८० अर्ब ३८ करोडबाट ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा झारिएको बताएका छन् ।

यस्तै अर्थमन्त्री पौडेलले राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँमा सिमित गरेका छन् । यसअघि बजेटमार्फत १५ मा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL