Logo

विश्वकप अर्थतन्त्र : उपभोक्ता राजस्व ३७ करोड युरोले घट्ने, जर्सीदेखि टिभीसम्मको व्यापारमा गिरावट

विश्वकप अर्थतन्त्र : उपभोक्ता राजस्व ३७ करोड युरोले घट्ने, जर्सीदेखि टिभीसम्मको व्यापारमा गिरावट



काठमाडौं । आगामी मंसिर ४ देखि हुने विश्वकप फुटबल २०२२ मा उपभोक्ता राजस्वमा ठुलो गिरावट आउने बताईएको छ । हालै बेलायतको भौचरकोड्सले गरेको एक अध्ययन अनुसार अघिल्लो विश्वकप २०१८ को तुलनामा यो विश्वकपमा उपभोक्ता राजस्व ३७ करोड युरोले घट्ने प्रक्षेपण गरिएको हो । यो विश्वकपभर विश्वभरका सबै विक्रेताहरुले जम्मा १ अर्ब ६० करोड युरो बराबरको मात्रै सामान विक्री गर्ने अध्ययनले देखाएको छ ।

इतिहासमै पहिलोपल्ट जाडो मौसममा सुरु गर्न लागिएको विश्वकपका कारण धेरैजसो उपभोक्ताले अघिल्ला विश्वकपको तुलनामा वस्तुहरु कम किन्ने प्रतिवेदनमा उल्लेख छ । यसले विश्व खुद्रा विक्रीमा विशेष असर गर्नेछ । जाडो मौसमसँगै हालको कस्ट अफ लिभिङ संकटले खुद्रा विक्रीमा नकारात्मक असर पार्नेछ । जसका कारण यस्तो खुद्रा विक्री अघिल्लो विश्वकपको तुलनामा १९ प्रतिशतले घट्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो विश्वकपमा यस्तो खुद्रा विक्री १ अर्ब ९० करोड युरो पुगेको थियो । यो अध्ययन विश्वकप हुने स्थानमा पुग्ने दर्शकभन्दा घरमा, साथीको घरमा तथा कार्यालयबाटै हेर्नेको संख्याका आधारमा गरिएको हो ।

यो विश्वकपमा १ अर्ब युरो बराबरको खाना तथा पेय पदार्थ विक्री हुने अनुमान गरिएको छ । विश्वकपका कुनै खेलहरु शुक्रबार परेको बाहेक अन्य दिनमा यस्तो विक्री अघिल्लो विश्वकपको तुलनामा कमै हुने बताईएको छ ।

पछिल्लो समय बढेको कस्ट अफ लिभिङ र उच्च मूल्यवृद्धिका कारण धेरैजसो उपभोक्ताले आफ्नो खर्च घटाउनेछन् । जसको असर जर्सीलगायत खेलका सामग्री, चिनोलगायतमा उच्च देखिनेछ । यसपाली मायाको चिनो विक्री अघिल्लो विश्वकपको तुलनामा ४९ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यसपल्ट स्पोर्ट्सवेयरको व्यापार ४८ प्रतिशत र टिभीको व्यापार १६ प्रतिशतले गिरावट आउनेछ ।

तर, २० नोभेम्बरदेखि डिसेम्बर २ सम्म हुने ग्रुप टुर्नामेन्टमा भने यसबर्ष सबैभन्दा बढी रिटेल सेल हुने अनुमान गरएको छ । यस अवधिमा १ अर्ब युरो बराबरको रिटेल सेल हुँदा राउन्ड अफ १६ मा २७ करोड, कार्टर फाईनलमा १८ करोड, सेमि फाईनलमा ८ करोड र फाईनलमा ४ करोड युरो बराबरको खुद्रा व्यापार हुने अनुमान अध्ययनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्