काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मस्कले सामाजिक सञ्जाल तथा माइक्रा ब्लगिङ प्ल्याटफर्म ट्विटर खरिद गरेका छन् । अर्बपति मस्कले शुक्रबार ४४ अर्ब डलर मुल्यमा ट्विटर खरिद गरेको विदेशी समाचार संस्थाहरुले जानकारी दिएका छन् ।
करिव ६ महिनाअघि नै ट्विटर किन्न अग्रसर भएका उनिविरुद्ध ट्विटरले अदालतमा मुद्धा दायर गरेको थियो । उक्त मुद्धाको छिनोफानो शुक्रबार भएपछि उनले ४४ अर्ब डलरमा ट्विटरको स्वामित्व ग्रहण गरेका हुन् । उनले ट्विटर किनेलगत्तै सीईओ पराग अग्रवालसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन् ।
यस्तै उनले चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे, सल्लाहकार सिन एजेडलाई पनि बर्खास्त गरेको बताईएको छ ।
। सन् २००६ मा स्थापना भएको ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि मस्कले ‘द बर्ड ईज फ्रिड’अब चरो स्वतन्त्र भयो भनेर ट्विटसमेत गरेका छन् ।