Logo

विश्वभर मुद्रास्फीतिको सकस : सुडानदेखि सिंगापुरसम्म प्रभावित, कुन देशको अवस्था कस्तो छ ?

विश्वभर मुद्रास्फीतिको सकस : सुडानदेखि सिंगापुरसम्म प्रभावित, कुन देशको अवस्था कस्तो छ ?



काठमाडौं। विश्वभरि आकाश छोएको मुद्रास्फीतिको बीचमा खाद्यवस्तुको बढ्दो मूल्यले जनतालाई सबैभन्दा बढी सताएको छ । विकासोन्मुख देशबाहेक सिंगापुरजस्तो उन्नत अर्थतन्त्र भएको देश पनि यसको प्रभावबाट अछुतो छैन ।

आन्तरिक मूल्य नियन्त्रण गर्न धेरै देशहरूले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका छन् । मलेसियाले गत महिना जिउँदो ब्रोइलर कुखुराको निर्यातमा प्रतिबन्ध लगाएको थियो । मलेसियाबाट ठूलो संख्यामा कुखुरा आयात गर्ने सिंगापुर पनि यो निर्णयबाट नराम्ररी प्रभावित भएको छ ।

तेलदेखि कुखुराको मासुको मूल्य बढेपछि केटरिङ व्यवसायसँग आवद्ध प्रतिष्ठानले पनि भाउ बढाउनुपरेको छ । जसका कारण सर्वसाधारणले खाद्यान्नमा १० देखि २० प्रतिशत बढी तिर्नु परेको छ । अहिले उपभोक्ताले कि सामानको लागि बढी तिर्नुपर्छ वा आफ्नो खानामा कटौती गर्नुपर्छ ।

लेबनानमा खानाको लागि नगद दिइँदै

लेबनानमा संयुक्त राष्ट्र खाद्य कार्यक्रमले मानिसहरूलाई खाना किन्न नगद दिइरहेको छ । बेरुतस्थित ट्रेसी सालिबा भन्छिन्, ‘अहिले म अत्यावश्यक वस्तु र खाना मात्र किन्छु ।’

सुडानमा मुद्रास्फीति २४५ प्रतिशत पुग्यो

सुडानमा यो वर्ष मुद्रास्फीति अविश्वसनीय २४५ प्रतिशतमा पुग्न सक्ने देखिएसँगै अवस्था भयावह छ । यसैबीच इरानमा मे महिनामा कुखुरा, अण्डा र दूधको मूल्य ३ सय प्रतिशतले बढेको छ । भोकमरी, आपूर्ति श्रृंखलामा समस्याहरू, उच्च ऊर्जा मूल्य र मलको मूल्यहरूका कारण विश्वभर खाद्यान्नको मूल्य आकाशिएको छ । यसको धेरैजसो विकासोन्मुख देशका तल्लो वर्गका मानिसहरूमा परेको छ । सर्वसाधारणलाई खानाको व्यवस्था गर्न पनि मुस्किल भएको छ ।

गत वर्ष २.३ बिलियन मानिसहरूले भोकमरीको सामना गर्नु परेको थियो । उच्च मुद्रास्फीतिले यस वर्ष र अर्को वर्ष पनि विकसित बजारहरूमा खाद्य वस्तुहरूमा थप सात बिलियन डलर खर्च हुनेछ । विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघका अन्य चार एजेन्सीहरूको विश्वव्यापी प्रतिवेदनले गत वर्ष २.३ अर्ब मानिसले गम्भीर वा मध्यम स्तरको भोकमरीको सामना गरेको बताएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL