Logo

अर्थ मन्त्रालयले भन्यो–बजेट बनाउँदाको सीसीटीभी फुटेज मेटियो

अर्थ मन्त्रालयले भन्यो–बजेट बनाउँदाको सीसीटीभी फुटेज मेटियो



काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज मेटिएको जानकारी दिएको छ । मन्त्रालयसँग १३ दिनसम्मको मात्रै सीटीटीभी फुटेर सुरक्षित रहेने भन्दै बजेट निर्माणको क्रममको फुटेज मेटिएको जानकारी दिएको हो ।

उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक अन्तरगत २०७८ भदौं २४ गते बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र २०७९ जेठ १४ गते बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै निवेदन दिएको थियो । तर अर्थमन्त्रालयले भने सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहेको र हाल बजेट निर्माणको क्रमको सीसीटीभी फुटेज मेटिएको जवाफ मञ्चलाई दिएको छ ।

यस अघि संसदमा प्रमुख प्रतिपक्षदल नेकपा एमालले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराई करका दरमाथि चलखेल गरेर राज्यलाई घाटा लगाएको आरोप लगाएको थियो । सोही क्रममा एमालेले संसदमै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै एमालेले बजेट निर्माणको क्रममा मन्त्रालयमा ककसको प्रवेश भएको थियो सोको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको थियो । संसदमा बोल्ने बेला अर्थमन्त्री शर्माले अरुले भन्दैमा आफुले सीसीटीभी फुटेज उपलब्ध गराउन नपर्ने र आफुले राजीनामा समेत नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL