Logo

क्रिप्टो बजारमा ठूलो गिरावट, विश्व क्रिप्टोकरेन्सीको बजार पूँजीकरण घटेर एक ट्रिलियन डलर नजिक

क्रिप्टो बजारमा ठूलो गिरावट, विश्व क्रिप्टोकरेन्सीको बजार पूँजीकरण घटेर एक ट्रिलियन डलर नजिक



काठमाडौं । विगत केही दिनदेखि क्रिप्टोकरेन्सी बजारमा गिरावट जार िरहेको छ । क्वाइन मार्केट क्यापका अनुसार विश्व क्रिप्टोकरेन्सी बजार पूँजीकरण सोमबार ९.४ प्रतिशतले घटेर एक ट्रिलियन डलर नजिक पुगेको छ ।

साथै सबैभन्दा ठूलो क्रिप्टो बिटक्वाइन १४.९७ ले घटेर २३५०० मा झरेको छ । उल्लेखनीय कुरा के छ भने, क्रिप्टो बजारमा आएको तीव्र गिरावटका कारण प्रमुख क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य डिसेम्बर २०२० यता १८ महिनाको न्यून स्तरमा आएको छ ।

बाँकी क्रिप्टोकरेन्सीहरूमा पनि तीब्र गिरावट आएको छ । दोस्रो ठूलो मुद्रा इथेरियम सोमबार १६.६२ प्रतिशत घट्यो । यो पछिल्लो सात दिनमा ३२.७५ प्रतिशत भन्दा बढीले घटेको छ । रिपलले पनि ९.१६ प्रतिशतको गिरावट रेकर्ड गरेको छ र पछिल्लो सात दिनमा २१ प्रतिशतभन्दा बढीले घटेको छ ।

अमेरिकाले ४० वर्षको उच्च मुद्रास्फीति रिपोर्ट गरेपछि क्रिप्टोकरेन्सी बजारमा आएको गिरावट निकै तीव्र भएको छ । यसबाहेक शिबा इनु १३.३४ प्रतिशत, डग कोइन १८.५३ प्रतिशत, वाजिरेक्स १५.९७ प्रतिशतले घटेर कारोबार भइरहेको छ ।

सेल्सियस नेटवर्कमा लेनदेन प्रतिबन्ध

क्रिप्टोकरेन्सी ऋण दिने फर्म सेल्सियस नेटवर्कले खातावालाहरूलाई क्रिप्टो झिक्न र अर्को खातामा स्थानान्तरण गर्न प्रतिबन्ध लगाएको छ । मूल्य निर्धारण डाटा साइट क्वाइनजिकोका अनुसार, सेल्सियसको सेल टोकन सोमबार ५३ प्रतिशतले १८ सेन्टमा व्यापार गरिरहेको थियो । यो कम्पनीले ग्राहकहरूबाट क्रिप्टो उधारो लिन्छ र त्यसपछि तिनीहरूलाई फेरि उधारो पनि दिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL