Logo

बजेट भनेको बाटो खन्नु मात्रै होइन, जनताको आवश्यकता पूरा गर्नु पर्छ : अर्थमन्त्री शर्मा

बजेट भनेको बाटो खन्नु मात्रै होइन, जनताको आवश्यकता पूरा गर्नु पर्छ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटले गाउँगाउँमा बाटो पुर्याउने मात्र नभई जनताको आवश्यकता पुरा गर्नु पर्ने बताएका छन् । बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले बजेटले मानक पुँजीको बिकास गर्न सहयोग गर्नुका साथै शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार गर्ने बताएका हुन् ।

नयाँ बजेटले उत्पादनकालागि निजीक्षेत्रलाई उत्साहि बनाउनेगरी उनीहरूको माग सम्बोधन गरेको जानकारी दिँदै अबका दिनमा आयात प्रतिस्थापनका साथै रोजगारी सिर्जनामा सहयोग पुग्ने जानकारी दिए ।

‘बजेट आत्मनिर्भरको लागि के गर्न सकिन्छ, प्राकृतिक स्रोत, श्रम शक्ति र विकसित प्रविधिलाई जोडेर देशको समस्या समाधान हुन सक्छ भन्नेतर्फ केन्द्रित भएको छ,’ उनले भने, ‘तसर्थ बजेटले जनताको हातमुख जोड्ने र राष्ट्रको समृद्धिमा अघि बढाउने बाटो निर्माण गर्नेछ ।’

बजेटमा बोल्ने मात्र नभएर यसलाई कार्यान्वयनमा लैजानका लागि राष्ट्रिय प्रतिवद्धताको आवश्यकता रहेको भन्दै सोका लागि सबैपक्ष एक भएर अघि बढ्नुपर्ने बताए ।

बजेटले रोजगारी सिर्जना गर्दै गरिबी अन्त्य र स्रोतको सहि परिचालन र व्यवस्थापन गर्ने उनको भनाई थियो । ‘हामीले बजेटमार्फत आयात प्रतिस्थापन, रोजगारी वृद्धि, नीतिगत कुरामात्र हैन टार्गेट राखेका छौ,’ उनले भने, ‘यो हामीले चुनौती थपेको छौं अब सहज रुप्मा कार्यान्व्यनमा लैजानु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्