Logo

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट, राजस्वको लक्ष्य १२ खर्ब ४० अर्ब, आर्थिक वृद्धि ८ प्रतिशत(पूर्णपाठसहित)

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट, राजस्वको लक्ष्य १२ खर्ब ४० अर्ब, आर्थिक वृद्धि ८ प्रतिशत(पूर्णपाठसहित)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये चालूखर्चतर्फ ७ खर्ब ५३ खर्ब ४० अर्ब अर्थात ४२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यसैगरी पूँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात कुल बजेटको २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२ प्रतिशत बजेट विनियोजन गरेको छ । यसैगरी प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात २४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

उक्त बजेटको स्रोत जुटाउन सरकारले राजस्वमार्फत १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । यस्तै वैदेशिक अनुदानमार्फत ५५ अर्ब ४६ करोड रुपैयाँ उठाले लक्ष्य लिएको छ । यसैगरी अपुग बजेटका लागि वैदेशिक ऋणमार्फत २ खर्ब ४२ अर्ब र २ खर्ब ५६ अर्ब रुपैयाँ अन्तरिक ऋणबाट उठाईने भएको छ ।

यसैगरी सरकारले उक्त बजेट परिचालनमार्फत आगामी आर्थिक बर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ ।

यस्तो छ बजेट वक्तब्यको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्