काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष निर्यात दोब्बरले बढाउने घोषणा गरेको छ । संसदमा आईतबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
यस्तै हालसम्म धेरै आयात हुने कृषि उपज धान गहुँ, मकै तरकारीलगायतको आयात ३० प्रतिशतले घटाउनेसमेत उनले बताए । सरकारले आगामी आर्थिक बर्षको बजेट आयात निरुत्साहन र निर्यातमा प्रोत्साहन गर्नैगरी ल्याएको बताएको छ ।