Logo

बेलायतमा महँगी चरम अवस्थामा : लाखौं जनताले खाद्यान्नका लागि खर्च जुटाउन सकेनन्, इन्धन खर्च जोगाउन काँचो खानामा जोड

बेलायतमा महँगी चरम अवस्थामा : लाखौं जनताले खाद्यान्नका लागि खर्च जुटाउन सकेनन्, इन्धन खर्च जोगाउन काँचो खानामा जोड



काठमाडौं । विश्वको सबैभन्दा धनी र विकसित मध्येको देश बेलायतका अधिकांश न्यून आय भएका मानिसहरु दुई छाक खानाको लागि संघर्ष गरिरहेका छन् । बेलायतमा खाद्यान्नसँग सम्बन्धित विषयमा काम गर्ने संस्था फुड फाउन्डेसनले भर्खरै गरेको एक सर्वेक्षणमा देशका २० लाखभन्दा बढी वयस्कले खानाको मूल्य धान्न नसक्ने बताएका छन् ।

बेलायतका जनताले इन्धन खर्च जोगाउन पकाएको खानाभन्दा नपाकेको खानालाई प्राथमिकता दिइरहेका छन् । प्रतिवेदनले दावी गरेको छ कि लाखौं मानिसहरूले आफ्नो आहारमा पहिलेको तुलनामा उल्लेखनीय कटौती गरेका छन्। देशमा खाद्यान्नको मूल्य वार्षिक ७ प्रतिशतले बढिरहेको छ ।

मुद्रास्फीति १० प्रतिशत

बैंक अफ इङ्गल्याण्डले आगामी दिनमा मुद्रास्फीति १० प्रतिशत पुग्न सक्ने चेतावनी दिएको छ । किनकि बढ्दो इन्धन र खाद्यान्नको मूल्यले घरायसी बजेटमा ठूलो दबाब श्रृजना गरेको छ । फुड फाउन्डेसनले यो पनि बताएको छ कि बेलायतीहरूले खाना पकाउन छाडेका छन् र यसको विकल्पको रूपमा पकाउन आवश्यक नपर्ने खानालाई प्राथमिकता दिइरहेका छन् ।

सरकारले सहयोग गर्ने

जनतालाई जीवनयापनमा परेको कठिनाइलाई मध्यनजर गर्दै सरकारले आगामी आर्थिक वर्षमा इन्धन र ऊर्जामा राहत दिन २२ सय करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

यूसीएल इन्स्टिच्युट अफ हेल्थ इक्विटीका निर्देशक प्रोफेसर सर माइकल मार्मोटले सर्वेक्षणको नतिजाले समाजका धेरै मानिसहरू आधारभूत कुराहरूबाट वञ्चित भएको देखाएको बताए । उनले भने, ‘खाद्य असुरक्षाका यी तथ्यांकहरू झनै स्तब्ध पार्ने प्रकारका छन् । किनभने यो समस्या समाधानभन्दा खराब हुँदै गइरहेको छ ।’ अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्