Logo

सरकार लक्ष्यअनुरुप राजस्व संकलन र विकास खर्च गर्न असफल, विकास खर्च कम हुँदा अर्थतन्त्रमा दबाब

सरकार लक्ष्यअनुरुप राजस्व संकलन र विकास खर्च गर्न असफल, विकास खर्च कम हुँदा अर्थतन्त्रमा दबाब



काठमाडौं । सरकार चालु आर्थिक बर्ष (आव)२०७८÷२०७९ को साढे ९ महिनामा लक्ष्यअनुरुप राजस्व संकलन गर्न असफल भएको छ । उक्त अवधिमा सरकारको लक्ष्यभन्दा १ खर्ब २१ अर्ब ५२ करोड ५८ लाख रुपैयाँले कम राजस्व संकलन भएको हो । सरकारले उक्त अवधिमा ९ खर्ब ३४ अर्ब ६४ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा जम्मा ८ खर्ब १३ अर्ब ११ करोड ६१ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

चालु आवको साढे ९ महिनामा सरकारले ८ खर्ब ४५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर ७ खर्ब ४९ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ मात्र कर राजस्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ९५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ कम कर राजस्व संकलन भएको छ । यस्तै गैरकर राजस्वअन्तर्गत चालु आबको साढे ९ महिनामा सरकारले ८९ अर्ब १७ करोड १६ लाख बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । उक्त अवधिमा ६३ अर्ब २७ करोड १४ लाख रुपैयाँ मात्र गैरकर संकलन भएको छ । जुन लक्ष्यभन्दा २५ अर्ब ९० करोड २ लाख रुपैयाँ कम संकलन भएको छ ।

सरकारले अनुदानबाट पनि राजस्व संकलन गर्ने गरेको छ । अनुदानमार्फत चालु आबको साढे ९ महिनामा ४७ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गर्र्नेे लक्ष्य राखेको थियो । उक्त अवधिमा जम्मा १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जुन लक्ष्यभन्दा ३३ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ । यस्तै सरकारले चालु आबको साढे ९ महिनामा गर्नुपर्ने खर्च १२ खर्ब ९२ अर्ब ६५ करोड ६४ लाख ५० हजार रुपैयाँ खर्च गरिसक्ने लक्ष्य लिएको थियो । उक्त अवधिमा जम्मा ८ खर्ब ६७ अर्ब ६५ करोड ३६ लाख रुपैयाँ मात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । जुन लक्ष्यभन्दा ४ खर्ब २५ अर्ब २८ लाख ५० हजार रुपैयाँ कम हो ।

यस्तै पुँजीगत खर्चले पनि सरकारको लक्ष्य भेटाउन सकेको छैन । चालु आबको साढे ९ महिनामा पुँजीगत खर्च लक्ष्यको २८ दशमलव ८८ प्रतिशत मात्र भएको छ । विकास निर्माण कार्य कम हँुदा पुँजीगत खर्च न्युन भएको देखिन्छ । चालु आबका लागि बजेटमार्फत सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको भएपनि साढे ९ महिना बितिसक्दा पनि जम्मा १ खर्ब ९ अर्ब १८ करोड ३६ लाख रुपैयाँमात्र खर्च गरेको छ ।

देशमा आसन्न स्थानीय तहको निर्वाचनका कारण पनि अहिले केही समय विकास निर्माणका नयाँकार्य अगाडि बढ्ने देखिदैनन् । विकास निर्माणका कार्यले गति लिन नसक्ने यस्तो अवस्थामा पुँजीगत खर्च अझै न्युन हुने सम्भावना रहेको निर्माणक्षेत्रका जानकार बताउँछन् । यसका साथै निर्माण ब्यवसायीले गरेको ‘कनस्ट्रक्सन होलिडे’ का कारण पनि पुँजीगत खर्चमा थप चाप पर्ने देखिन्छ । सरकारको लक्ष्यअनुरुप चालु आबको साढे ९ महिनामा चालु खर्च ८ खर्ब ४३ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ हुनुपर्ने थियो । सो अवधिमा जम्मा ६ खर्ब ७५ अर्ब ३१ करोड १३ लाख रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको १ खर्ब ६८ अर्ब ४ करोड ७६ लाख रुपैयाँले कम रहेको छ ।

यस्तै वित्तिय खर्च अन्तरर्गत चालु आबको साढे ९ महिनामा सरकारको लक्ष्य अनुसार १ खर्ब ४९ अर्ब ९७ करोड १४ लाख रुपैयाँ बढी खर्च हुनुपर्ने थियो । तर, उक्त अवधिमा जम्मा ३ अर्ब ७१ करोड १३ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन लक्ष्यभन्दा ७६ अर्ब २६ करोड १ लाख रुपैयाँ खर्च कम भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत चालु आब २०७८÷७९ को लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेका थिए । उक्त बजेटको आकार पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको भन्दा १४ अर्ब ७४ करोड रुपैयाँले कम थियो । सरकारले गर्ने विकास खर्चको गति सुस्त हुँदा अर्थतन्त्रमा थप दवाव पार्ने अवस्था सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL