Logo

गाडी, मोबाइलदेखि मदिरासम्म आयातमा रोक, तास र खेलौना पनि रोकियो

गाडी, मोबाइलदेखि मदिरासम्म आयातमा रोक, तास र खेलौना पनि रोकियो



काठमाडौं । सरकारले असार मसान्तसम्मका लागि तास आयातमा बन्देज लगाएको छ । मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा आयातमा बन्देजसहितको सूचना प्रकाशन गरेको हो । उक्त सूचना अनुसार असारसम्म सबै किसिमका खेलौनाहरुको आयात पनि रोकिएको छ ।

यो सहित सबै प्रकारका तयारी मदिरामा पनि बन्देज लगाइएको छ । कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, चुरोट तथा सूर्तीजन्य पदार्थ, हिरा पनि आयात बन्देज लगाइएको राजपत्रमा उल्लेख छ । यस्तै ६ सय डलरभन्दा माथीका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका टेलिभिजन, जिप कार तथा भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल पनि असारसम्म आयात गर्न पाइने छैन ।
विदेशी मुद्रा सन्चिती घट्दै गएपछी सरकारले आयात प्रतिबन्धको नीति लिएको छ ।

यसअघि पुसमा पनि सरकारले ४७ प्रकारका वस्तु आयातमा ५० प्रतिशत र शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । पछिल्लो समय राजपत्रमा प्रकाशित आयात बन्देज गरिएका वस्तुहरुको प्रतीतपत्र (एलसी) रोक्न नेपाल रास्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ ।

राजपत्रमा प्रकाशित भएसङ्गै मङ्गलबारदेखी नै यो नियम लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL