Logo

नाडा प्रतिनिधिलाई अर्थमन्त्रीको जवाफ, तत्कालका लागि गाडी आयातमा गरिएको कडाई खुल्दैन

नाडा प्रतिनिधिलाई अर्थमन्त्रीको जवाफ, तत्कालका लागि गाडी आयातमा गरिएको कडाई खुल्दैन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन व्यवसायीहरुलाई सुझाव दिएका छन् । ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो,’ नाडा अटो मोवाईल डिसर्ल एसोसिएसनका प्रतिनिधिसँगको भेटमा उनले भने, ‘त्यसैले निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला ।’

अहिले गरिएको कडाई केही समयमा लागि भएको भन्दै अर्थतन्त्र बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । नाडा प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री शर्माले अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको जानकारी दिए । ‘अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको छ तर यो सर्वथा गलत हो,’ उनले भने, ‘अबका दिनमा नाडाका प्रतिनिधिहरुले पनि संस्थागत ढङ्गले नै अर्थतन्त्रको बास्तविक अवस्थाबारे प्रकाश पार्न जरुरी छ ।’

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले अर्थमन्त्री शर्मालाई भेटी अहिले सवारी साधान आयातमा गरिएको कडाई खुकुलो बनाउनुपर्ने माग अघि सारेका थिए । अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दे अटो क्षेत्रमा ३ खर्व ५० अर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजस्वमा योगदान पु¥याउदै आएको बताएका थिए । साथै देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको समेत उनको भनाई थियो ।

सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका थिए । त्यसैगरी उनले काठमाण्डौंमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाब रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट बिनियोजन गरि दिनु हुन समेत अनुरोध गरेका छन् ।

उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरहरुबारे मन्त्रीलाई विस्तृत रुपमा जानकारी गराएका थिए । त्यसैगरी सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरेका थिए । उक्त छलफलमा नाडाका महासचिव सुनिल उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्