Logo

संसारका १० धनीसँग मात्रै साढे १४०० बिलियन डलरको सम्पत्ति, मस्कको सम्पत्ति दक्षिण अफ्रिकाको जीडिपी बराबर

संसारका १० धनीसँग मात्रै साढे १४०० बिलियन डलरको सम्पत्ति, मस्कको सम्पत्ति दक्षिण अफ्रिकाको जीडिपी बराबर



काठमाडौं । विश्वमा धनी र गरिबको खाडल थप फराकिलो बन्दै गएको देखिन्छ । एकातिर विश्वमा गरिबी र भोकमरी बढदो छ भने अर्कोतिर विश्वका धनी व्यक्तिहरुको सम्पत्तिमा भने ठूलो बढोत्तरी भइरहेको छ । विश्वका धनीहरुबारे विवरण प्रकाशित गर्ने । फोर्ब्सको पछिल्लो रिपोर्ट अनुसार विश्वकै धनी व्यक्ति तथा टेस्ला र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलोन मस्क अहिले धनीहरुको सूचीको पहिलो स्थानमा कायम रहेका छन् ।

मस्कसँग एक्लै २८२ बिलियन डलरको सम्पत्ति रहेको छ । फोर्ब्सका अनुसार सन् २०२२ मा केही दिनबाहेक एलोन मस्कको सम्पत्तिमा वृद्धि भएको छ । उनले संसारको सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो स्थिति सुदृढ गर्न जारी राखेका छन् । उनको कुल सम्पत्ति बाँकी शीर्ष कमाउने अर्बपतिहरूको तुलनामा आकासिएको छ । फोर्ब्सको पछिल्लो सूची हेर्दा ५० वर्षीय एलोन मस्कको सम्पत्ति २८२ बिलियन डलर पुगेको छ ।

अमेजनका जेफ बेजोसको कुल सम्पत्ति १८३.६ बिलियन डलर छ । कोरोना महामारीका बेला सबैभन्दा बढी फाइदा लिने अर्बपतिको सूचीमा एलोन मस्कको नाम शीर्ष स्थानमा छ । रिपोर्टका अनुसार २०२० मा एलोन मस्कको सम्पत्ति ११० बिलियन डलरभन्दा बढीले बढेको थियो, जुन आफैंमा एउटा कीर्तिमान हो ।

फोब्र्सका अनुसार अहिले संसारका १० धनी व्यक्तिहरुसँग मात्र १४४२.४ बिलियन डलरको सम्पत्ति रहेको छ । जसमा दुई भारतीय उद्योगपति मुकेश अम्बानी र अडानी समूहका गौतम अडानी समावेश छन् । यो सूचीमा एलोन मस्क र जेफ बेजोस पछि तेस्रो नम्बरमा बर्नार्ड अर्नाल्ट, चौथोमा बिल गेट्स, पाँचौंमा वारेन बफेट, छैटौंमा ल्यारी पेज, सातौंमा ल्यारी एलिसन र आठौंमा गौतम अडानी छन् । सूचीमा सर्गेई ब्रिन नवौं स्थानमा छन् भने मुकेश अम्बानीको नाम दशौं स्थानमा छ ।

मस्को सम्पत्ति दक्षिणअफ्रिकाको जीडीपी नजिक

फोर्ब्सका अनुसार दक्षिण अफ्रिकामा जन्मेका अर्बपति व्यापारीको हालको सम्पत्ति दक्षिण अफ्रिकाको कूल जीडीपीभन्दा ५० अर्ब डलर मात्र कम रहेको गरिएको छ । जबकी दक्षिण अफ्रिकाको जीडीपी ३३५ बिलियन डलर छ । उनको कम्पनी स्पेसएक्सको लागत कोलम्बिया, फिनल्याण्ड, चिली र पोर्चुगलको जीडीपीभन्दा बढी रहेको छ ।

संसारका १० धनी व्यक्तिहरुको सम्पत्ति (डलरमा)

१- एलोन मस्क- २८२ बिलियन
२- जेफ बेजोस- १८३.६ बिलियन
३- बर्नार्ड अर्नाल्ट-  १६७.४ बिलियन
४- बिल गेट्स- १३४.२ बिलियन
५- वारेन बफेट- १२७.३ बिलियन
६- ल्यारी पेज- ११३.४ बिलियन
७- ल्यारी एलिसन- ११३ बिलियन
८- गौतम अडानी- ११२.९ बिलियन
९- सर्गेई ब्रिन- १०९ बिलियन
१०- मुकेश अम्बानी- ९९.६ बिलियन

प्रतिक्रिया दिनुहोस्
MBL