Logo

विश्वकै धनी मस्क रुसी राष्ट्रपति ‘पुटिन’लाई मान्छन आफुभन्दा धनी, भने–यो उपाधि अर्कैको हो

विश्वकै धनी मस्क रुसी राष्ट्रपति ‘पुटिन’लाई मान्छन आफुभन्दा धनी, भने–यो उपाधि अर्कैको हो



काठमाडौं । टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । तर, उनका अनुसार यो उपाधि अर्कैको हो । एलोन मस्कले कसैलाई आफूभन्दा धनी ठान्छन् । मस्कका अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हुन् । बिजनेश इनसाइडरसँगको अन्तर्वार्तामा मस्कले यस्तो बताएका हुन् ।

मस्कले के भने ?

मस्कलाई उनको कुल सम्पत्तिको बारेमा सोधिएको थियो, जसमा उनले जवाफ दिए, ‘मलाई लाग्छ पुटिन म भन्दा धनी छन् ।’ एलोन मस्कको कुल सम्पत्ति करिब २६० बिलियन डलर रहेको छ ।

आधिकारिक रेकर्ड अनुसार पुटिनले वार्षिक १ लाख ४० हजार डलर तलब पाउँछन्। यति मात्र होइन, पुटिनसँग ब्ल्याक सीमा १.४ बिलियन डलरको घर र ४ अर्ब डलरको मोनाको अपार्टमेन्ट पनि छ । उनको ८०० स्क्वायर फिटको फ्ल्याट छ भने एक ट्रेलर र तीन कार छन्।

हालै पुटिनले युक्रेनमा आक्रमणलाई लिएर पश्चिमी देशहरूको आलोचनाको सामना गर्नु परेको छ। अमेरिका र पश्चिमी देशहरूले रुस, पुटिन र उनका शीर्ष सहयोगीहरूलाई निशाना बनाउँदै प्रतिबन्धहरू लगाएका छन्।

मस्कले रुस युक्रेन युद्धबारे के भने ?

मस्कले युक्रेनमा रुसको आक्रमणको बारेमा सोध्दा मस्कले पुटिनलाई रोकिनुपर्छ भनेका छन् । मस्क युक्रेनको समर्थनमा खुलेर आएका छन् । यस महिनाको सुरुमा अर्बपति मस्ले युक्रेनमा सञ्चार तथा इन्टरनेटका लागि स्पेसएक्सद्वारा संचालित उपग्रह स्टारलिंकको लागि लागि स्पेशमा पठाएका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL