Logo

८ महिनामा साढे ११ खर्बको व्यापारघाटा, उच्च आयातमा पेट्रोलियम र भटमासको तेल

८ महिनामा साढे ११ खर्बको व्यापारघाटा, उच्च आयातमा पेट्रोलियम र भटमासको तेल



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ८ महिनामा मात्रै ११ खर्ब ६० अर्ब बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनयता फागुन मसान्तसम्म नेपालले गत आवको सोही अवधिको तुलनामा ३४.५० प्रतिशत बढी व्यापारघाटा व्यहोरेको हो ।

विभागका अनुसार नेपालले यस अवधिमा १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

यसरी हेर्दा गत आवको सोही अवधिको तुलनामा आयात व्यापार ३८.६४ प्रतिशतले बढेको छ भने निर्यातको व्यापारमा ८२.९० प्रतिशतको सुधार देखिन्छ ।

पछिल्लो समय सरकारले निर्यातीत वस्तुहरुमा कडाई गर्दा पनि आयात वृद्धिदर उकालो लागीरहेको देखिन्छ । यसरी आयात उकालो लागिरहँदा नेपालको वैदेशिक व्यापारमा आयात व्यापारको हिस्सा ८९.८६ प्रतिशत छ भने निर्यात व्यापारको हिस्सा जम्मा १०.१४ प्रतिशत छ । पछिल्लो समय वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा भने गत आवको तुलनामा २८ प्रतिशतले बढेको छ ।

विभागका अनुसार आयात भएका वस्तुहरुको सूचीमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ र कच्चा खानेतेल परेका छन् । चालु आवको ८ महिनामा ८७ अर्ब ८३ करोड रुपैयाँ बढीको डिजेल, ३९ अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट्रोल र ४३ अर्ब ७४ करोड रुपैयाँ बढीको कच्चा भटमासको तेल आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्