Logo

उमेश श्रेष्ठलाई सर्वसम्मत रुपमा महासंघमा वरिष्ठ उपाध्यक्ष उम्मेदवार बनाउने मधेश प्रदेशको उद्घोष, निडर नेतृत्वको खाँचो

उमेश श्रेष्ठलाई सर्वसम्मत रुपमा महासंघमा वरिष्ठ उपाध्यक्ष उम्मेदवार बनाउने मधेश प्रदेशको उद्घोष, निडर नेतृत्वको खाँचो



विरगंज । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले उमेश लाल श्रेष्ठलाई महासंघको आगामी निर्वाचनमा सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारको रुपमा अघि बढाउने बताएको छ । महासंघमा निर्भिक र निर्भिक निडर नेतृत्वको खाँचो भएको भन्दै मधेश प्रदेशका अधिकांश अध्यक्षहरुले श्रेष्ठलाई आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेर आफुहरुको नेतृत्व लिन आग्रह गरेका हुन् ।

विरगंज उद्योग वाणिज्य संघद्वारा समसामयिक विषयमा छलफल कार्यक्रममा महासंघको मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले आगामी निर्वाचनमा मधेश प्रदेशको तर्फबाट उमेशलाल श्रेष्ठलाई सर्बसम्मत रुपमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारको रुपमा अघि बढाउने बताएका हुन् । ‘साना र मोफसलका उद्योगी व्यवसायीको समस्या समाधान र उनीहरुको हितका लागि पनि उमेशलालजस्तो व्यक्ति महासंघको नेतृत्वमा आवश्यक छ,’ श्रेष्ठलाई आग्रह गर्दै उनले भने, ‘हामीहरुजस्ता उद्योगी व्यवसायीको चाहना समस्या समाधान गर्नका लागि पनि तपाईले नेतृत्व लिन आवश्यक छ ।’

यसैगरी कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक टेमानीले अहिले महासंघको नेतृत्व राजनीतिक नेतृत्वबाट डराउदा व्यवसायीको समस्या सरकार समक्ष राख्न नसकिएको बताए । ‘अहिले महासंघको काम खुम्चिएर जिल्ला उद्योग वाणिज्य संघभन्दा पनि न्यून वा तल्लो स्तरको भएको छ,’ उनले भने, ‘व्यवसायीको हितमा काम गर्न पनि उमेशलाल जस्तो सरकारसँग व्यवसायीका समस्या तथा मागहरु स्पस्टसँग राख्नसक्ने नेतृत्व महासंघमा खाँचो छ ।’ अहिले कतिपय व्यक्तिहरु काम गर्नेभन्दा पनि बाहिर लबिङ गर्ने नेतृत्वमा पुगेको भन्दै महासंघभित्र ब्यवसायीको हितमा बोल्ने क्रान्ति गर्ने नेतृत्व उमेशलाल श्रेष्ठ जस्तो नेतृत्व आवश्यक रहेको उनको तर्क थियो ।

कार्यक्रममा विरगंज उद्योव वाणिज्य संघका पदाधिकारीहरुले पछिल्लो समय उद्योगी व्यवसायीलाई नै नसोधी सरकारले औद्योगिक सुरक्षा बल हटाएर गतल काम गरेको बताएका थिए । अहिले सरकारी नीतिका कारण देशबाट क्यापिटल फ्लाईट भैरहेको बताउँदै यस विषयमा सरकार गम्भिर हुनुपर्ने बताएका छन् । साथै अलिहे देशभित्रै एलसी खोल्न पनि शतप्रतिशत नगद राख्ने प्रवाधान राखेर समस्या सिर्जना गरेको भन्दै यसलाई हटाउन महासंघ नेतृत्वले लविङले गर्नुपर्ने पूर्व अध्यक्ष टेमानीले बताए ।

छलफल कार्यक्रममा विरगंज उद्योग संघका पूर्व अध्यक्ष अशोक बैद्यले अहिले सरकारको झण्झटिलो नियमले गर्दा व्यवसायीले आफ्नो काम गर्न नसकेको बताए । ‘अहिले व्यवसायीहरु अनुत्पादक काममा भन्दा पनि कागजात मिलाउने अनुत्पादक काममा आफ्नो समय खर्च गर्न बाध्य भैरहेको छ,’ उनले भने, ‘अब महासंङले आम व्यवसायीका समस्या समेटेर श्वेत पत्र जारी गर्नु पर्छ ।’

यसैगरी विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघ केन्द्रिय सदस्य सुवोध गुप्ताले पनि अबका दिनमा व्यवसायीक हकहितका लागि खट्ने व्यक्ति महासंघ नेतृतवमा आवश्यक रहेको बताए । ‘महासंघका भद्र सालिन र सबैलाई मिलाएर अघि बढ्न सक्ने उमेलालाल श्रेष्ठ जत्तिको व्यक्तिको खाँचो छ,’ उनले भने, ‘अबको निर्वाचनमा उहाँलाई नेतृत्वमा ल्याउनबाट हामी उद्योगी व्यवसायी चुक्नु हुँदैन ।

यसैगरी महासंघ केन्द्रिय सदस्य एवं स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालले अहिले प्रधानमन्त्री, गभर्नर र अर्थमन्त्री फरक फरक राजनीतिक पार्टीको व्यक्ति हुँदा आर्थिक क्षेत्रमा देखिएका समाधान गर्न कठिनाई भएको बताए । कार्यक्रममा उनले पनि व्यवसायीको समस्या समाधान गर्न उमशेलाल श्रेष्ठ जस्तो निर्भिक निडर व्यक्तिलाई महासंघको नेतृत्वमा पुर्याउनुपर्ने बताए ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघको पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले नीति निर्माण गर्ने समयमा व्यवसायीको उपस्थिती न्यून हुने र जसका कारण लङ्गडो नीति बन्दा समस्या उत्पन्न भएको बताए । ‘राजनीतिक पार्टीसँग उद्योगी डराउदा हाम्रा समस्या समाधान हुन सकेन भने अर्कोतर्फ आफुआफुमा प्रतिस्पर्धा गर्ने र व्यवसायीको लोभी प्रवृत्तिले गर्दा हामी पछि परेका छौं,’ उनले भने ।

हासंघमा कुनै पनि व्यक्ति क्षणिक मात्रै भएको भन्दै संस्थागत सुधार आवश्यक रहेको उनको तर्क थियो । महासंघको मुख्य उद्देश्यनै व्यवसायीको हकहित संरक्षण र उनीहरुमाथि परेका समस्या समाधान गर्ने भएको भन्दै महासंघ नेतृत्वले सोही अनुरुप काम गर्नुपर्ने उनको भनाई थियो । साथै राजनीतिक पार्टीले उद्योगी व्यवसायीलाई चुनाव आउदा मात्रै सम्झने गरेको तर समस्या पर्दा वेवास्ता गर्ने गरेको भन्दै यस विषयमा पनि उद्योगी व्यवसायीहरु सजक हुनुपर्ने बताए ।


सो छलफल कार्यक्रममा सो क्षेत्रका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षका साथै २ जर्दनभन्दा बढि बस्तुगत संघका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL