Logo

ओलीलाई व्यवसायीको आग्रह-अर्थतन्त्र विग्रीयो अब नेतृत्व लिनुस, सरकारको प्रतिवादमा उत्रने ओलीको घोषणा

ओलीलाई व्यवसायीको आग्रह-अर्थतन्त्र विग्रीयो अब नेतृत्व लिनुस, सरकारको प्रतिवादमा उत्रने ओलीको घोषणा



काठमाडौं । वर्तमान सरकारले देशको विग्रदो अर्थतन्त्रप्रति वेवास्ता गरेको भन्दै उद्योगी व्यवसायीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षलाई अग्रपंतीमा आएर नेतृत्व लिन आग्रह गरेका छन् । अहिले एमाले प्रतिपक्ष दलको भुमिकामा रहेको पनि विग्रदो अर्थतन्त्र सुधारका लागि समन्वयकारी भुमिका निर्वाह गर्न उद्योगी व्यवसायीका तिनओटै छाता संगठनका अध्यक्ष तथा उपाध्यक्षहरुले आग्रह गरेका हुन् ।

एमालेको उद्योग, बाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको सो कार्यक्रममा ब्याजदर उच्च बढेको भन्दै यस विषयमा सम्बद्ध निकायलाई बोलाएरै भएपनि निर्देशन दिनुपर्ने बताए । ‘सरकारबाट बाहिर भएपनि अहिलेको विषयमा पूर्व प्रधानमन्त्रीको हैसियतले तपाईले अग्रसरता लिनुपर्छ,’ ओलीलाई आग्रह गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने, ‘राष्ट्रिय मुद्दामा यो वा त्यो नभनी सबै एक भएर समाधानमा लाग्नुपर्छ ।’ साथै अहिले कतिपय बस्तु आयात गर्न नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको भन्दै सहकारीबाट उच्च ब्याजमा पैसा ऋया लिइर ३ महिनासम्म एलसीमा होल्ड गर्न नसकिने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगीका लागि स्थापना भएका उद्योग विभाग, कृषि मन्त्रालयजस्ता निकाय उद्योगी व्यवसायीका लागि नै अभिसाप भएको बताए । साथै निकायले उद्योगी व्यवसायीको समस्या सुन्ने काम नगरेको तर उद्यागी माथि उच्च कर थुपारेर दोहन गर्ने काम गरेको आरोप लगाए । ‘अहिले सरकार आफुले कसरी पैसा कमाउने भन्दा पनि अरूले कसरी पैसा कमायो र उनीहरु माथि अनुसन्धान गरेर कसरी असुल गर्नेभन्ने तर्फ केन्द्रित छ,’ उनले भने, ‘यदि सरकार यहि गतिमा गएर व्यवसायी माथि उच्च करको भार थुपार्दे गयो भने ढल्न सक्छ ।’

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको अवस्थामा व्यवसायीहरुको व्यवसायीहरूको मनोविज्ञान एकदमै बिग्रेको बताए । ‘अहिले कर्जा नविकरण गर्ने अवस्था छैन भने व्याजदर उच्च हुँदा उद्योग व्यवसाय संचालन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले माग बढेको छ तर आयातमा रोक लगाउदा झन समस्या भएको छ ।’ अलिहेको अवस्थामा रेमिटान्स ल्याउन प्रोत्साहन गर्दै विदेशबाट कर्जा ल्याउन सकेमा मात्र तरलता समाधान हुने उनको तर्क थियो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भगानी राणाले अहिले निजी क्षेत्र गम्भीर अवस्थामा पुगेको बताईन । युक्रेन र रसिया युद्वले अझै बढी समस्या भएको र त्यो भन्दा पनि ठूलो समस्या बढ्दो व्याजदर रहेको उनको तर्क थियो ।

व्यवसायीका गुनासा सुन्दै पूर्व प्रधानमन्त्री ओलीले अब एमालेले वैचारिक, नीतिगत र व्यवहारिक हासावले अर्थतन्त्र बचाउन हस्तक्षेपकारी नीति लिने बताए । ‘हामी प्रतिपक्ष भएपनि बिरोधमा नगई बसेका थियौ तर देशको अर्थतन्त्र बचाउन विरोधमा उत्रन्छौ,’ उनले भने, ‘एमाले व्यवसायीको जायज माग सम्बोधन गर्न सरकार तयार छ ।’

को सरकारमा छ को प्रतिपक्षमा छ त्यो महत्वपूर्ण होईन तर अर्थतन्त्र नकारात्मक र निरासजनक छ यो हामी सबैका लािग दुखद हो । अर्थशास्त्र नजानेपनि राजनीतिज्ञले राज्य संचालनको विषयजान्नु जरुरी रहेको भन्दै सरकार गठन सहि तरिकावाट नभएका कारण सरकार जनता र देशप्रति उत्तरदायी नहुनुका साथै राज्य संचालन पनि सहि तरिकाबाट हुन नसकेको उनको आरोप थियो । तत्कालीन सरकारले ल्याएको उपयुक्त बजेट प्रतुत नगरेर अहिलेको सरकारले बिकृत खालको कार्यकर्ता पोस्ने प्रतिस्थापन बजेट ल्याउँदा अहिलेको अवस्था भोग्नु परेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL