काठमाडौं । अन्तररष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ सय ३० डलर प्रतिब्यारल पुगेको छ । बीबीसीका अनुसार युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।
यसरी अन्तरराष्ट्रिय बजारमा देखिएको तेलको मूल्य वृद्धिले विभिन्न देशका नागरिकहरु प्रभावित भएका छन् । नेपालमा समेत यसको असर देखिन थालेको छ । नेपालले गत बिहीबार मात्रै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि पेट्रोलियमको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाईसकेको छ ।
रुस र युक्रेन युद्धको असर कच्चा तेलमा मात्रै नभई सुन, चाँदी, स्टक मार्केटमा समेत परेको विशेषज्ञहरु बताउँछन् । जसअनुसार एशियाका ठुला स्टक मार्केट अन्तर्गतका जापनको निक्केई र हंगकंगको हांगसेई क्रमशः २.७ र ३ प्रतिशतले ओरालो लागेका छन् ।
पछिल्लो हप्तामात्रै विश्व बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतब्यारल २० प्रतिशतले बढेको बताईएको छ ।