Logo

सरकारले घटायो सुन आयातको सीमा, अब दैनिक १० किलो मात्रै सुन आयात गर्न पाइने

सरकारले घटायो सुन आयातको सीमा, अब दैनिक १० किलो मात्रै सुन आयात गर्न पाइने



काठमाडौं । अबदेखि नेपालमा दैनिक १० किलो मात्रै सुन आयात गर्न पाईने भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा घटाएको हो ।

यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाईने व्यवस्था थियो । यस्तो हुँदापनि व्यवसायीहरुले सुनको पुर्ति गर्न नसकेको बताउँदै आएका थिए ।

व्यवसायीहरुले सुन आयातको कोटा बढाउन बेलाबेलामा राष्ट्र बैंकमा लबिङसमेत गर्ने गरेका छन् । आईतबार अन्तरराष्ट्रिय बजारसँगै नेपालमा समेत सुनको मूल्य बढेसँगै राष्ट्र बैंकले आयात कोटा घटाएको हो ।

यसअघि राष्ट्र बैंकले पहिलो चरणको लकडाउनमा पनि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सुन आयातको कोटा २० बाट घटाएर १० किलो पुर्याएको थियो । त्यसपश्चात अर्थतन्त्र चलायमान भएपछि पुनः बढाएर दैनिक २० किलो आयात गर्न पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL