काठमाडौं । सत्तारुढ ४ दलले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गरेका छन् । एमसीसीमा सहमति जुटाउन आईतबार गरिएको व्याख्यात्मक घोषणामा गठबन्धन दलहरुले यस्तो व्याख्या गर्दै अनुमोदन गर्ने सहमति जुटाएका हुन् ।
पछिल्लो समय बढ्दै गएको एमसीसीको विरोध र अनुमोदन गर्नैपर्ने बाध्यकारी व्यवस्थाका कारण गठबन्धन दलहरुले यसलाई ब्याख्यात्मक विश्लेषणसहित अनुमोदन गर्ने सहमति जुटाएका हुन् ।
हाल संसदमा सैद्धान्तिक छलफल भइरहेको सम्झौताको मन्त्रिपरिषद्ले व्याख्यात्मक घोषणासम्बन्धी प्रस्ताव पास गरेर संसदमा लैजाने छ र एमसीसी अनुमोदन हुनेछ ।
यस्तै व्याख्यात्मक विश्लेषणमा नेपाल र एमसीसीको कानुन बाझिएमा नेपालको कानुन माथि हुने र आगामी दिनमा एमसीसीले बनाएका कानुनहरु लागु गर्न नेपाल बाध्य नहुने बताईएको छ । यस्तै एमसीसीमा हुने बौद्धिक सम्पत्तिमा नेपालकाु पुर्ण हक हुनेसमेत बताईएको छ ।