Logo

सरकारले ८६ अर्बले घटायो बजेटको आकार, अब बजेट १५ खर्ब ४६ अर्ब मात्र

सरकारले ८६ अर्बले घटायो बजेटको आकार, अब बजेट १५ खर्ब ४६ अर्ब मात्र



काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको बजेटको अर्धबार्षिक समीक्षा गर्दै बजेटको आकार घटाईएको बताएका हुन् ।

पछिल्लो समय बजेट खर्च ज्यादै नाजुक हुने देखिएपछि अर्थमन्त्री शर्माले हालको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएका हुन् । चालु बर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो।

हाल उक्त बजेटमा ८६ अर्ब रुपैयाँ घटाईएपछि अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL