Logo

विश्वव्यापी व्यापार घट्यो, कोरोनाका कारण २०२१ को निर्धारित लक्ष्य हासिल गर्न कठिन : डब्लुटिओ

विश्वव्यापी व्यापार घट्यो, कोरोनाका कारण २०२१ को निर्धारित लक्ष्य हासिल गर्न कठिन : डब्लुटिओ



काठमाडौं । विश्व व्यापार संगठन (डब्लुटिओ) ले तेस्रो त्रैमासिकमा विश्वव्यापी व्यापारिक प्रवृत्ति ०.८५ ले घटेको जनाएको छ । ओमिक्रोन कोरोनाभाइरस संस्करणको उदयले पूर्वानुमानित २०२१ को वृद्धिदर हासिल नहुने जोखिम बढेको डब्लुटिओले उल्लेख गरेको छ।

आपूर्ति श्रृंखलामा अवरोध, उत्पादनमा आएको कमी, र बढ्दो कोभिड–१९ (कोरोना) संक्रमणका मामिलाका कारण जुलाई–सेप्टेम्बरको बीचमा व्यापारको मात्रा घटेको डब्ल्यूटीओले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा बताएको छ ।

‘ सन २०२१ को वृद्धि लक्ष्य सैद्धान्तिक रूपमा अझै पनि पूरा गर्न सकिन्छ, तर ओमिक्रोनको उदयले सन्तुलनलाई नकारात्मक रुपमा बढाएको छ र यसले थप नकारात्मक परिणामको सम्भावना बढेको छ’, विज्ञपितमा छ । रोयटर्स

प्रतिक्रिया दिनुहोस्