Logo

मुसाबाट कोरोनाजस्तो अर्को घातक महामारीको खतरा, विश्वलाई तयार रहन विज्ञहरुको चेतावनी

मुसाबाट कोरोनाजस्तो अर्को घातक महामारीको खतरा, विश्वलाई तयार रहन विज्ञहरुको चेतावनी



लण्डन । कोरोना महामारीसँग लडिरहेको विश्वका लागि अर्को नराम्रो खबर आएको छ । विज्ञहरूले मुसा, न्याउरी मुसाजस्ता जनावरहरू कोरोनाजस्तो अर्को घातक भाइरसको वाहक हुन सक्ने चेतावनी दिएका छन् । विज्ञहरुल अर्को महामारी मुसाबाट आउन सक्ने भएकाले विश्वलाई त्यसका लागि तयार रहन चेतावनीसमेत दिएका छन् ।

प्रिन्सटन विश्वविद्यालयका विज्ञहरूले धेरै जीवहरूको जीनोमिक अध्ययन गरिएको बताएका छन् । यसमा प्रमाण फेला परेको छ कि मुसाजस्ता केही प्रजातिहरू पहिले नै सार्सजस्ता कोरोना भाइरसबाट प्रभावित भइसकेका छन् । यसले ती जीवहरूमा प्रतिरोधात्मक क्षमता सिर्जना गरेको छ ।

कोरोना भाइरसको संक्रमण जनावरबाट सर्ने सार्स कोभ–२ भाइरसबाट हुन्छ । यसको मतलब यो हो कि कोरोना भाइरस जनावरबाट मानिसमा आएको हो । यसअघि अर्को एउटा अनुसन्धानमा चिनियाँ चमेरोमा धेरै प्रकारका सार्सजस्ता भाइरसहरू बस्न सक्ने पत्ता लागेको थियो । यसको लक्षण चमेरो भित्र पनि देखिदैन । यस प्रकारको भाइरसभित्र केही रोग प्रतिरोधात्मक क्षमता रहेको विज्ञको भनाइ छ जुन भविष्यमा कुनै पनि महामारीबाट बच्न निकै महत्वपूर्ण सावित हुन सक्छ ।

मुसामा रोग प्रतिरोधात्मक क्षमता निर्माण

यो अनुसन्धान प्रिन्सटन युनिभर्सिटीका मोलिकयुलर बायलोजिष्ट सिन किंग र कम्प्युटर वैज्ञानिक मोना सिंहले गरेका हुन् । उनीहरुले भनेका छन् , ‘हाम्रो अनुसन्धानले पुरातन मुसामा सार्स जस्ता कोरोना भाइरस धेरै पटक संक्रमित भएको देखाएको छ । जसका कारण उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढेको छ । अन्वेषकहरूले विभिन्न जीवहरूको एस–२ रिसेप्टरको पनि अनुसन्धान गरे, जुन सार्स भाइरस कोशिकाहरूमा प्रवेश गर्न प्रयोग हुन्छ ।

जनावरहरूबाट हुने रोगहरू सजिलैसँग एक प्रजातिबाट अर्को प्रजातिमा सर्ने गर्दछ । यसको ब्याक्टेरिया अन्य प्रजातिका जीवहरूमा प्रवेश गरेर जीवित रहन्छ । यद्यपि, तिनीहरू पहिलो जीवभन्दा दोस्रो जीवमा सर्दा कम खतरनाक हुन्छन् । यसको एउटा प्रमुख उदाहरण सामान्य रुघाखोकी हो, जुन विभिन्न जीवहरूबाट मानिसमा सर्छ र त्यहाँ पनि रहन्छ । यसको स्ट्रेन एच५एन१, एच७एन९ चराहरूबाट पैदा हुन्छ र मानिसहरू संक्रमित हुन्छन । –नवभारत टाइम्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL