Logo

पुनः कार्यालय फर्किनै चाहँदैनन् ‘वर्क फ्रम होम’ मा रमेकाहरु, यस्तो छ अध्ययनको निष्कर्ष

पुनः कार्यालय फर्किनै चाहँदैनन् ‘वर्क फ्रम होम’ मा रमेकाहरु, यस्तो छ अध्ययनको निष्कर्ष



काठमाडौं । दुई वर्ष अघि चीनबाट शुरु भएको कोरोना संक्रमण (कोभिड–१९) महामारीका कारण विश्व नै लकडाउनको अवस्थामा पुग्यो । जस कारण दुई वर्षदेखि अहिलेसम्म विश्वका धेरै देशमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई ‘वर्क फ्रम होम’ अर्थात घरबाट काम गर्नेे सुविधा दिए । पछिल्लो समय भने विश्वव्यापी रुपमा कोरोनाविरुद्धको खोपको उपलब्धताका कारण कोरोना क्रम हुँदै गएको छ भने धेरै देशले सामान्य अवस्थामा देशलाई फर्काएका छन् ।

यससँगै ‘वर्क फ्रम होम’ मा रहेका कर्मचारीहरुलाई पनि फेरि कम्पनीहरुले कार्यालय बोलाउन थालेका छन् । तर, ‘वर्क फ्रम होम’ अभ्यस्त भएका धेरै कर्मचारीहरु अहिले कार्यालय फर्किएर काम गर्न अनिच्छुक देखिएको एक अध्ययनले देखाएको छ । डिजिटल डटकमले एक हजार जना ‘वर्क फ्रम होम’ मा काम गरिरहेका कर्मचारीहरुमा गरेको अध्ययनमा धेरैले ‘वर्क फ्रम होम’ मै काम गर्न चाहेको र कार्यालय फर्किन नपरे ठीक हुन्थ्यो भन्ने मनसाय व्यक्त गरेका थिए ।

अध्ययनमा उल्लेख भएअनुसार घरबाटै काम गरिरहेका अमेरिकि नागरिकहरुले पुनः कार्यालय फर्किने बारेमा मिश्रित विचार राखेका छन् । जसमध्ये धेरैले विभिन्न कारणहरु देखाउँदै घरैबाट कामलाई निरन्तरता दिने बताउँदै आएका छन् भने केहीले पुनः कार्यालय फर्किनै नसक्नेसमेत बताएका छन् । उनीहरुले सर्भेका समयमा कार्यालयमा पुनः फर्किन नसकिने भन्दै प्रस्ुतत गरेका कारणहरु भने अच्चम्मलाग्दा छन् ।

घरैबाट कामलाई निरन्तरता दिने मनसाय भएका कर्मचारीहरुले शंकास्पद कारणहरु दिएको अध्ययनमा उल्लेख छ । उनीहरुले घरैबाट काम गर्दा घर र कार्यालय ओहोरदोहोरको तनाव नहुने, घरमा बालबच्चा स्याहार्न मिल्नेलगायतका कारणहरु देखाएका छन् । यसलगायत अन्य अच्चम्म लाग्दा कारणहरु पनि दिएर घरबाटै काम गर्न सजिलो हुने बताउने अमेरिकी कर्मचारीहरुको संख्या पनि उत्तिकै छ ।

आराम गर्न पाईन्छ

हालै अमेरिकाका घरैबाट काम गर्ने १ हजार जनामा गरिएको अध्ययन अनुसार ७२ प्रतिशत कर्मचारीले घरमा सुत्न र आराम गर्न पाईने हुनाले पुनः कार्यालय फर्किन नसकिने उत्तर दिएका छन् । उनीहरुका अनुसार धेरै कर्मचारीहरुमा खाना खाईसकेपछि सुत्ने र पुनः काम गर्ने बानी परेको छ । यो सुविधा पुनः कार्यालय फर्किदा नपाईने हुनाले पनि पुनः कार्यालय फर्किन नसकिने उत्तर उनीहरुको थियो ।

यो संख्या झण्डै अध्ययनमा समाबेश गरिएका घरबाटै काम गर्ने कर्मचारीको संख्याको ३ चौथाई हो । ‘लन्चको समयमा म कहिले यताउता हिँड्ने, आराम गर्ने र कहिलेकाहीँ निदाउने पनि गर्छु,’ एक कर्मचारीले भने, ‘यदि म पुनः अफिस गएँ भने मैले यस्तो विलासिताको वातावरण गुमाउनेछु । त्यसैले म यो विलसिता छोड्न चाहान्न ।’

टिभी मोह

घरबाटै काम गर्नेहरुमध्ये ७३ प्रतिशत कर्मचारीहरुले घरमा काम गर्दा टिभी हेर्न पाईने बताएका छन् । उनीहरुलाई घरमा काम गर्दागर्दै टिभी हेर्न, पोडकास्ट सुन्न, गीत सुन्न मन पर्ने हुनाले पनि पुनः अफिस फर्किन नसकिने बताए । तर, कर्मचारीहरुले गर्ने यस्ता क्रियाकलापले उत्पादकत्व भने घट्दै जाने विज्ञहरु बताउँछन् ।

उपस्थितिको तनाव

सर्भेमा उपस्थित कर्मचारीहरुमध्ये ६२ प्रतिशत कर्मचारीहरुले घरबाटै काम गर्दा आफ्नो लवाईखवाईमा चिन्ता गर्नुनपर्ने बताएका छन् । उनीहरुका अनुसार जुममा मिटिङ बस्ता फर्मल कपडा माथि लाएपनि कम्मर तल जस्तो लगाएपनि तनाव हुँदैन । जसका कारण आफ्ना सहकर्मीहरुका अगाडि आफ्नो उपस्थिति कहिल्यै फिक्का नहुने उनीहरुको उत्तर थियो ।

यस्तै कारणहरु देखाउँदै प्राय अमेरिकि कर्मचारीहरु पुनः कार्यालय फर्किन मानिरहेका छैनन् । ‘म घरैबाट काम गर्न मन पराउनुको वास्तविक कारण मेरा हरेक दिनको अपनत्व म आफै लिन्छु,’ एक कर्मचारीले भने, ‘मलाई अफिस जानु छ भनेर कुनै लुगा मिलाईराख्नुपर्दैन, मलाई जुन मन पर्छ त्यही लगाएर दिनभर काम गर्न सक्छु ।’

जनावरका बच्चाप्रति माया

पुनः अफिस जानु भनेको घरमा पालेका जनावरहरुसँग पनि छुट्टिनु हो । अर्थात यस्तो अवस्थामा चिन्ता र एक्लोपनाको अनुभव हुन्छ । त्यसैले लकडाउनका समयमा पालेका जनावरका साना बच्चाहरुसँगै घरमै रमाईलो गर्दै काम गर्दा आनन्द आउने भन्दै ६२ प्रतिशत कर्मचारीहरु कार्यालय फर्किन चाहँदैनन् । उनीहरुका अनुसार साना बच्चालाई छोड्न नसकिने हुँदा कार्यालय फर्किन सकिँदैन बरु घरबाटै काम गर्ने हो ।

ओछ्यानबाटै काम

यस्तै यही बिषयमा अर्को एक कम्पनीले गरेको अध्ययन अनुसार धेरैजसो कर्मचारीहरुले आफ्नो ओछ्यानबाटै काम गर्ने गरेको बताएका छन् । धेरैजसो कर्मचारीहरुले आफ्नो बेडरुमबाट अफिसको काम र भिडियो कलसम्म गर्ने गरेको पाइएको छ । एमएसएनडटकमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL