काठमाडौं । गत आर्थिक बर्ष २०७७/७८ मा सबैभन्दा बढि कर बुझाउने कम्पनीको पहिलो स्थानमा सुर्य नेपालनै भएको छ । सरकारले हरेक बर्ष कर दिवसको अवसर पारेर सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । जसको पहिलो स्थानमा सुर्य नेपाल पर्दै आएको थियो । कम्पनीले यो बर्ष पनि आफ्नो ताज जोगाईराख्न सफल भएको छ । सुर्य नेपालले यस अवधिमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क करलगायत हरेक शिर्षकमा उच्च कर तिरेको थियो ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा धेरै कर तिर्ने बैंकमा भने नबिल बैंक रहेको छ । बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढि कर तिर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी पर्दा पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल परेको छ । यस्तै सहकारी तथा लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीहरुमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले यो बर्षको ताज पहिरेको छ ।