काठमाडौं । भारतको अग्रणी व्यापारिक घराना ‘गोदरेज समूह’ले व्यवसाय विभाजनको औपचारिक प्रक्रिया सुरु गरेको छ । स्रोतका अनुसार समूहको ४.१ बिलियन डलरको व्यापार गोदरेज परिवारलाई दुई भागमा बाँड्ने तयारी गरिएको छ । जसमा एउटा समूह आदि गोदरेज (आदि गोदरेज) को र उनका भाई नादिरको छ भने अर्को समूह उनीहरूका काकाका छोरा भाइ जमशेद गोदरेज (जम्शेद गोदरेज) र स्थिता गोदरेज कृष्णा (स्मिता गोदरेज कृष्णा) को छ ।
गोदरेज समूहको व्यवसाय उपभोग्य वस्तुदेखि घरजग्गा र इन्जिनियरिङसम्म फैलिएको छ । यो व्यवसायलाई विभाजन गर्ने विषयमा विगत केही महिनादेखि छलफल भइरहेको थियो र पछिल्लो समय यसले गति लिएको छ । यो अशंवण्डामा एकातर्फ आदि गोदरेजका छोरा पिरोजशा गोदरेज छन् भने अर्को पक्षको नेतृत्व जमशेदले गरिरहेका छन् । जमशेदको साथमा गोदरेज एण्ड बोयशका मुख्य वित्तीय अधिकारी पुरवेज केसरी गान्धी पनि छन् ।
स्रोतका अनुसार निमेश कम्पनी र उदय कोटक जस्ता परिवारसँग सम्बन्धित बैंकर तथा एजेडबी एण्ड पार्टनर्सका जिया मोदी र सिरिल श्राफजस्ता कानुनविद्सँग परामर्श सम्पत्ति बाँडफँडबारे लिइएको छ । गोदरेज इडष्ट्रिज र गोदरेज एन्ड बोयसले गोदरेज परिवारले शेयरधनीहरूको लागि उत्तम मूल्य सुनिश्चित गर्न दीर्घकालीन रणनीतिक योजनामा काम गरिरहेको बताएका छन् । यो अशंबण्डा अबको छ महिनामा समाधान हुने अपेक्षा गरिएको स्रोतले जनाएको छ ।

१२४ वर्षअघि सुरु
गोदरेज समूहले १२४ वर्षअघि ताला बनाउने कम्पनीको रूपमा सुरु गरेको थियो । कम्पनीले संसारको पहिलो वनस्पति तेलयुक्त साबुन बनाएको थियो । गोदरेज परिवार भारतको सबैभन्दा सम्मानित औद्योगिक घराना मध्ये एक हो । हाल यो व्यवसाय परिवारको चौथो पुस्ताको हातमा छ । स्रोतको दाबी अनुसार समूहकोे सम्पत्ति ठूलो मात्रामा विविधीकरण गरिनेछ ।
जग्गालाई लिएर विवाद सुरु
स्रोतका अनुसार आदि गोदरेजको पुरानो पुस्ता यथास्थिति कायम राख्ने पक्षमा छन् । तर, परिवारको नयाँ पुस्ताले स्वामित्वको हकमा स्पष्टता चाहेको बताइएको छ । निजी कम्पनी गोदरेज एन्ड बोयस बाहेक, समूहका जिआइएल, जिसिपिएल, गोदरेज प्रोपर्टीज र गोदरेज एग्रोभेटका सबै सूचीबद्ध कम्पनी आदि र नादिरको कमान्डमा छन् । परिवारका सबै सदस्यको एकअर्काको कम्पनीमा शेयर छ र बोर्डमा प्रतिनिधित्व छ ।
स्रोतको दाबी अनुसार गोदरेज परिवारमा मुम्बईको उपनगर विक्रोलीमा रहेको एक हजार एकड जमिनको विषयमा विवाद सुरु भएको थियो । त्यसपछि परिवारमा झगडा बढ्दै गयो । यस्तै व्यवसायिक रणनीति र नयाँ पुस्ताको भूमिकालाई लिएर पनि परिवारमा गहिरो मतभिन्नता छ । परिवारका सदस्यहरू र फेमिली ट्रस्टहरूबीच धेरै क्रस–होल्डिङहरू रहेका छन् । जसलाई अशंवण्डामा छुट्याउन आवशयक हुनेहुँदा े यो विभाजन एक जटिल प्रक्रिया भएको बताइएको छ । – नवभारत टाइम्सबाट अनुवाद