Logo

निर्जीवन बीमाको प्रिमियम वृद्धिको विरोधमा महासंघ, भन्यो-खुला अर्थव्यवस्था विरोधी काम गर्न पाईदैन

निर्जीवन बीमाको प्रिमियम वृद्धिको विरोधमा महासंघ, भन्यो-खुला अर्थव्यवस्था विरोधी काम गर्न पाईदैन



काठमाडौं । बीमा समितिले निर्जीवन बीमाको प्रिमियम वृद्धि गर्दे न्युनतम सीमा तोकिदिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले विरोध जनाएको छ । बीमा समितिले गएको असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धी परिपत्रबाट निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेकोप्रति महासंघले गम्भिर ध्यानाकर्षण गराएको हो ।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढने महासंघको तर्क छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि विमितले बीमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएको र त्यस्ता विषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न समेत महासंघको माग छ ।

यसैगरी बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मुल्य निर्धारण हुने हुदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL