Logo

हकप्रदको हल्ला गरेर बीमाको सेयर मूल्य बढाउने ‘च्याप्टर क्लोज’, हकप्रदमा रोक लगाउने बीमा समितिको निर्णय

हकप्रदको हल्ला गरेर बीमाको सेयर मूल्य बढाउने ‘च्याप्टर क्लोज’, हकप्रदमा रोक लगाउने बीमा समितिको निर्णय



काठमाडौं । बीमा समितिले कुनै पनि बीमा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति नदिने भएको छ । पछिल्लो समय बीमा कम्पनीहरुले हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको भन्दै बजारमा सेयर मुल्य वृद्धि गरिरहेको अवस्थामा बीमा समितिले चालू आर्थिक वर्षमा कुनै पनि कम्पनीलाई हकप्रद सेयर जारी गर्न नदिने भएको हो ।

बीमा कम्पनीहरुले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशनको अनुमति माग गरेपनि चालू आर्थिक वर्षमा कुनै पनि कम्पनीलाई त्यसरी सेयर निष्काशनको लागि अनुमति नदिईने बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले जानकारी दिए । ‘हामीले अबका दिनमा कुनै पनि कम्पनीलाई हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्न नदिने निर्णय गरेका छौं,’ उनले भने, ‘कसैले हकप्रद सेयर जारी प्रक्रियामा छ भने बजारमा हल्ला फैल्याउँछ भने त्यसो सरसर गलत हो ।’

केही समय अघि अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भन्दै बजारमा मुल्य बढाएको थियो । तर सूचना निकालेको केही दिन नवित्दै गल्तीका कारण सूचना प्रकाशित भएको भन्दै सच्यायो । पछिल्लो सयम अन्य कम्पनीले पनि पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्नेभन्दै बजारमा हल्ला फैल्याएर सेयर मुल्य बढाउने काम गर्दै आएका छन् । तर केही समय अघि आईएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको र अबका दिनमा कुनै पनि कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति नदिईने अध्यक्ष सिलवालले बताएका हुन् ।

हाल कुनै पनि बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशन प्रस्ताव नल्याउन तथा सो सम्बन्धी बजार हल्ला नफिजानउका लागि सम्बन्ध बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा निर्देशननै दिईसकेको बीमा समिति स्रोतले जानकारी दिएको छ । पछिल्लो समय बीमा कम्पनीहरुले कमाईको आधारमा लगानीकर्तालाई दिने लाभांश घट्दै गएको र बढ्दो बजारमा हकप्रदको हल्ला ल्याएर सेयर मुल्यमा मात्रै चलखेल गर्न खोजेपनि बीमा समितिले त्यसमा कडाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL