Logo

रेमिट्यान्स आप्रवाह साढे १२ प्रतिशतले बढ्यो, कामदारले पठाउँछन् दैनिक २ अर्ब ६३ करोड

रेमिट्यान्स आप्रवाह साढे १२ प्रतिशतले बढ्यो, कामदारले पठाउँछन् दैनिक २ अर्ब ६३ करोड



काठमाडौं । आर्थिक बर्ष २०७७/७८ को ११ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । कोरोना महामारीकै बीच पनि विदेशमा बस्ने नेपालीहरुले गत आर्थिक बर्ष २०७६/७७ को तुलनामा १२ दशमलव ६ प्रतिशत बढि रेमिट्यान्स पठाएका हुन् ।

पछिल्ला ११ महिनाभरी नेपाल भित्रिएको रेमिट्यान्सलाई ११ महिनाका ३ सय ३० दिनसँग भाग गर्दा दैनिक २ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको देखिन्छ । गत आर्थिक बर्षको यही अवधिमा नेपालमा आप्रवाह हुने रेमिट्यान्स ३ दशमलव २ प्रतिशतले घटेको थियो ।

तर रेमिट्यान्स आप्रवाह बढिरहेको भएपनि यस अवधिमा अन्तिम श्रम स्विकृति लिनेको संख्यामा भने करिव ६० प्रतिशतको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको ११ महिनामा पुनः श्रम स्विकृती लिनेको संख्या पनि ४७ दशमलव १ प्रतिशतले घटेको देखिन्छ । गत बर्ष अन्तिम र पुनः श्रम स्विकृती लिनेको संख्या क्रमशः १२ र ३१ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्