Logo

बजेट हार्डवेयरभन्दा सफ्टवेयरमा बढि केन्द्रित भयो, समस्या निम्त्याउन सक्छ : सुरेन्द्र पाण्डेको विचार

बजेट हार्डवेयरभन्दा सफ्टवेयरमा बढि केन्द्रित भयो, समस्या निम्त्याउन सक्छ : सुरेन्द्र पाण्डेको विचार



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७८ र ०७८को लागि ल्याएको बजेट हार्डवेयरभन्दा सफ्टवेयरमा बढि केन्द्रित भएको छ । आगामी आर्थिक बर्षमा उक्त बजेट कार्यान्वयन गर्न सकिने वा नसकिने पोटालाई वेवास्ता गर्दै जनतालाई खुसी पार्नलाई मात्रै बजेट केन्द्रित छ ।
बजेटले हार्डवेयरभन्दा सफ्टवेयरलाई बढि जोड दिएकाले यसको कार्यान्वयनको जोखिम बढि नै छ । पछिल्लो समय विश्वमा कोरोना महामारीले पारेका असर र नेपालको राजनीतिक खिचातानीका कारण बजेट कार्यान्वयनमा बढि नै चुनौति देखिन्छ । चुनावी तयारीकै लागि पनि सरकारले बृद्धभत्ता, कर्मचारीको तलवलगायतमै बढि ध्यान दिएको छ ।

बजेटले राजस्व उठौतीको लक्ष्य विगतका बर्षझैँ उच्च राखेर सोही कुरा दोहोर्याएको छ। सोही अनुरुप आन्तरिक र बाह्य ऋण पनि त्यतिकै मात्रामा उठाउने लक्ष्य बजेटमा राखिएको त तर कसरी उठाउने त्यसको खाका सरकारसँग छैन । यसरी ऋण बढिरहँदा र राजस्व उठौतीमा वृद्धि नहुँदा अर्थतन्त्रलाई धान्न अप्ठ्यारो हुनेछ ।

‘कोभिडका लागि भन्दै बजेट विनियोजन त गरियो तर यसको कार्यान्वयनमै बढि समस्या आउने देखिन्छ । बजेटमा समेटिएका यस्ता कैयौं कुराहरुमा कार्यान्वयन पक्षमा गम्भिर समस्या आईपर्ने देखन्छि । यसरी बजेट छुटयाउने तर सोही अनुसार कार्यान्वयन नगरेमा सरकारको चालु खर्च बढाउने, पूँजीगत खर्च बढ्न नदिने र कार्यान्वयनमा समस्या आउने पुरानै परम्परा दोहोरिने सम्भावना रहन्छ

कर्मचारीको तलव बढाउनु र वृद्धभत्ता बढाउनु त राम्रो हो तर, यसले अन्य क्षेत्रमा पार्ने असरलाई पनि उत्तिकै ध्यान दिनु जरुरी छ । पाण्डे पूर्व अर्थमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL