Logo

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, राजस्व संलकन लक्ष्य १० खर्ब २४ अर्ब

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, राजस्व संलकन लक्ष्य १० खर्ब २४ अर्ब



सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु तर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्।

यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०७८/७९मा १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि राजस्वबाट सवा १० खर्ब स्रोत बेहोर्ने लक्ष्य लिएका हुन् ।

राजस्व परिचालनबाट अपुग हुने स्रोतका लागि सरकारले अनुदान र ऋणबाट पूर्ती गर्ने छ । आगामी आवमा वैदेशक अनुदान ६३ अर्ब ३७ करोड परिचालन गरिने, २ खर्ब ५० आन्तरिक ऋण र ३ खर्ब ९ अर्ब बाह्य ऋण परिचालन गरिने अर्थमन्त्रीे लक्ष्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL