Logo

बजेट ल्याउन ११ बजे मन्त्रिपरिषद बैंठक, ४ बजे सार्वजनिक

बजेट ल्याउन ११ बजे मन्त्रिपरिषद बैंठक, ४ बजे सार्वजनिक



काठमाडौ । सरकारले आगामी आर्थिक बर्ष २०७८/ ७९ को बजेट आज ४ बजे ल्याउने भएको छ । राजनीतिक खिचातानीका बीच सरकारले आज अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

बजेटको पूर्व स्वीकृतिका लागि आज ११ बजेट मन्त्रिपरिषद् बैंठक बस्ने भएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमार्फत बजेट ल्याउन स्वीकृत प्रदान गरेसँगै सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

सरकारले आगामी आवकाके लागि जनताको स्वाथ्य र कोरोना पछिको आर्थिक पुनरुत्थानलाई केन्द्रित गरेर बजेट ल्याउने भएको छ । साथै बजेटमार्फत वृद्ध भत्ता, सामाजिक सुरक्षा तथा कमचारीको तलब समेत वृद्धि गरिने सम्बद्ध स्रोतको भनाई छ ।

विपक्षीहरुले कामचलगाउ सकारले बजेटनै ल्याउन नमिल्ने बताईरहँदा सरकारले भने अध्यादेशमार्फत नै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्