Logo

महामारीकैबीच बिश्वभर ७ खर्व डलर रेमिटान्स आप्रबाह, भारत पहिलो स्थानमा

महामारीकैबीच बिश्वभर ७ खर्व डलर रेमिटान्स आप्रबाह, भारत पहिलो स्थानमा



काठमाडौं । कोरोना महामारीको बेलामा रेमिट्यान्स आप्रवाहमा ठुलो गिरावट आउने सबै राष्ट्रहरुले अपेक्षा गरेका थिए । तर सन २०२० मा रेमिट्यान्स आप्रवाह अपेक्षा गरेभन्दा धेरै लचक देखियो । खासगरी कम तथा मध्यम आय भएका राष्ट्रहरुमा यो लचकता बढि नै देखियो ।
विश्व बैंकको नयाँ तथ्यांकअनुसार सन २०२० मा मात्रै विश्वभर ७ खर्ब २ अर्ब डलर बढिको रेमिट्यान्स आप्रवाह भएको छ ।

यो अघिल्लो बर्ष सन २०१९ को तलनामा २ दशमलव ४ प्रतिशतले कम हो । सन २०१९ मा विश्वभर यस्तो रेमिट्यान्स आप्रवाह ७ खर्ब १९ अर्ब डलर बराबरको रेमिट्यान्स आप्रवाह भएको थियो । साथै साना तथा मझौला आय भएका देशहरुमा पनि रेमिट्यान्स आप्रवाहमा केही गिरावट आएको छ । साना तथा मझौला समुहका देशहरुमा अघिल्लो बर्षको तुलनामा सन २०२० मा १ दशमलव ६ प्रतिशत कम रेमिट्यान्स आप्रवाह भएको देखिन्छ ।

सन २०१९ मा यस्ता देशहरुमा रेमिट्यान्स आप्रवाह ५ खर्ब ४८ अर्ब डलर बराबरको भएपनि सन २०२० मा यो घटेर ४ खर्ब ४० अर्व डलरमा झरेको हो । विश्वभर रेमिट्यान्स आप्रवाह घटेपनि केही देशहरुले भने कोरोना महामारीकै बीच रेमिट्यान्स आप्रवाहलाई बढाएर शिखरमा पुर्याएको छन् । जसमा विश्वकै धेरै रेमिट्यान्स भित्र्याउने राष्ट्र मेक्सिको, इजिप्ट, पाकिस्तान, बंगलादेशलगायतका देशहरुपरेका छन् । यस्तै विकासशिल मुलुकहरु भारत र फिलिपिन्सले भने आफ्नो रेमिट्यान्स आय सामान्य अर्थात क्रमशः ०.२ र ०.७ प्रतिशतले घटाएका छन् । महामारी अघि फिलिपिन्समा रेमिट्यान्स आप्रवाह प्रतिवबर्ष ३ देखि ९ प्रतिशतले बढ्ने गरेको थियो ।

सन २०२० मा सबैभन्दा बढि रेमिट्यान्स भित्र्याउने राष्ट्रहरुको सूचिमा भारत रहेको छ । भारतले सन २०२० मा मात्रै ८३ अर्ब डलर बराबरको रेमिट्यान्स भित्र्याएको छ ।

विश्वका ठुला देशहरुले पनि विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने गरेका छन् । सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने राष्ट्रहरुको सूचिको सातौं र नवौं स्थानमा फ्रान्स र जर्मनीलाई देख्न सकिन्छ । आफ्नो कुल ग्राहस्थ उत्पादनमा धेरै हिस्सा रेमिट्यान्स रहेका राष्ट्रहरुको पहिलो स्ुचिमा भने टोंगा रहेको छ । सन २०२० मा उक्त राष्ट्रको जिडिपीमा रेमिट्यान्सको हिस्सा मात्रै ३७ दशमलव ७ प्रतिशत छ ।

a chart showing the world's top remittance recipients

प्रतिक्रिया दिनुहोस्
MBL